काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्याउने जनाएको छ ।
मंगलबार संसद्मा सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
विद्यादेवी भण्डारीले नेपाल विद्युत् प्राधिकरण एवं निजी क्षेत्रबाट उत्पादित ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्याइने बताइन् ।