वीरगन्ज । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराइने बताइन् ।
“पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रवाही बनाइनेछ । पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराइनेछ,” उनले भनिन् ।