काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीजि क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने बताएकी छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निवी क्षेत्रबाट सञ्चालित अभियानलाई सहयोग गर्ने बताइन् ।
यस्तै, सार्वजनिक खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउने लगिने भन्दै उनले गुणस्तरीय मापदण्ड अनिवार्य भएका वस्तुको नियमन अनिवार्य गरिने उनले बताइन् ।