काठमाडौं । सरकारले आउँदो वर्ष अत्यधिक आयात भएको खाद्यान्न उत्पादनमा विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले धेरै
आयात भएका खाद्यान्न धान, मकै, आलु, प्याज, स्याउ, ओखरको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याइने बताएकी हुन् ।