काठमाडौँ,०९ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ । त्रिपुरेश्वरबाट सुरु भएको विरोध र्याली टेकु पुगेर सकिएको थियो। प्रदर्शनम सहभागीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।
नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि भएको जनाएको थियो। यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो। स्थानीय तहको निर्वाचन यतामात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा २० रुपैयाँ प्रतिलिटर मूल्य बढिसकेको छ।
नयाँ मूल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य लिटरको १६३ रुपैयाँ कायम भएको छ। बढेको मूल्य अनुसार अब एक सिलिन्डर ग्यासलाई १ हजार ८०० रुपैयाँ तिर्नुपर्नेछ।