• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    थप विवरण

    होमपेज / Breaking News

    पर्सामा माओवादीको सुपडा साफ, पछिल्लो पटक ३ पालिका जित्दा अहिले २ वडामै सिमित

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७९, सोमबार १२:३३
  • ६०९

    वीरगञ्ज, ९ जेठ । मधेश आन्दोलनकै रापतापका बिच पनि पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये ३ वटा पालिका जितेको नेकपा माओवादी केन्द्रले यसपटक एउटा पनि हात पार्न सकेन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पर्साको ठोरी, जगरनाथपुर र छिपहरमाई गाउँपालिका जितेको नेकपा माओवादी केन्द्रबाट हालसम्म २ जना वडाअध्यक्ष मात्रै निर्वाचित भएका छन् । गत निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसँगै ५ मध्ये ४ वडाअध्यक्ष जितेको माओवादी केन्द्रले यसपटक ठोरी गाउँपालिका वडा नम्बर ५ मा मात्रै जित निकालेको छ । गत निर्वाचनमा दोस्रो स्थानमा रहेका अष्टबहादुर लोप्चन यसपटक बिजयी भएका हुन् । त्यस्तै पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ मा मोहन राउत अहिर निर्वाचित भएका छन् । २०७४ सालमा अध्यक्ष, उपाध्यक्षसँगै ३ वडाअध्यक्ष जितेको माओवादी केन्द्रले छिपहरमाई गाउँपालिकामा एक वडामा पनि जित्न सकेन । गत निर्वाचनमा माओवादी केन्द्रबाटै निर्वाचित पालिका अध्यक्ष मनोज कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेसँगै त्याहाँ माओवादी कमजोर बनेको हो । जगरनाथपुरमा पनि माओवादी केन्द्रले अध्यक्षसहित १ वडाअध्यक्ष जितेको थियो । पालिका अध्यक्षमा जितेका जालिम मियाँ मन्सुरी नै एमालेमा प्रवेश गरेपछि त्याहाँ पनि माओवादी कमजोर बनेको हो । वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये वडा नम्बर २० मा मात्रै जितेको माओवादी केन्द्रले यसपटक पराजय भोग्नुपरेको छ ।

    गत निर्वाचनमा माओवादीबाटै बिजयी भएका अधिकांश जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि यहाँका जिल्ला नेतृत्वसँगै केन्द्रिय सदस्यहरुले गम्भिर्यताका साथ नलिएको अहिलेको नतिजाले स्पष्ट हुन्छ । पार्टीको आपसी अन्तरविरोधका कारण जित्ने ठाउँ पनि गुमाउनु परेको माओवादी केन्द्रका केन्द्रिय सदस्य बिजय महतोको भनाई छ । चुनाव खर्चिलो भएका कारण पनि माओवादीले खर्च गर्न नसक्ने हुँदा पराजित भएको महतो बताउँछन् । उनले भने, ‘पालिकामा जित्न करोडौ खर्च गर्छन्, वडामै ४०/५० लाख खर्च गरे । अनि हामी जस्ता सर्वहारा वर्गले कसरी जित्नु ?’ प्रतिनिधि सभा सदस्य एवम् पार्टीकी केन्द्रिय सदस्य शेखचाँद ताराले पनि महतोकै कुरामा समर्थन जनाइन् । पुराना नेताकै कमीकमजोरीका कारण पर्सामा माओवादी कमजोर बनेको उनको बुझाई छ । निर्वाचन प्रणालीलाई समानुपातिक बनाउनुपर्ने बताउँदै उनले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका उम्मेदवारले पैँसाको खोला बगाउँदा माओवादीका उम्मेदवार पराजित भएको टिप्पणी गरिन् । नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहाले जिल्लामा पार्टी झनै कमजोर बनेको स्विकार गरे । पुँजीपतीहरुकै हालीमुहालीका बिच गरिब एवम् सर्वहारा वर्गले हार्नु स्वभाविक भएको बताउँदै अध्यक्ष कुशवाहाले पुँजीसँगै पार्टीभित्रको आन्तरिक विवाद पनि पराजयको कारण भएको बताए । उनी भन्छन्, ‘हामी जनताको बिचमा गएपनि एजेण्डा र भिजन लिएर भाषण गर्छाैँ तर अरु पार्टीहरु पैँसाको बिठो बोकेर जान्छन् ।’

    पार्टीभित्रकै सांगठनीक संरचना, एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने प्रवृति र अन्तरघातको नतिजा अहिले भोग्नु परेको कुशवाहाको भनाई छ । जिल्ला समितिलाई जिल्लालाई समन्वय समिति बनाएर सम्पुर्ण कार्यकारी अधिकार पालिका समितिलाई दिएको हुँदा हस्तक्षेप गर्न नमिल्ने उनको दुखेसो छ । जनयुद्ध गरेर परिवर्तनको शुभारम्भ गरेको माओवादी पार्टी सर्वहारा वर्गको पार्टी भएको हुँदा पैँसा खर्च गर्नेहरुको अगाडी पराजित भएको माओवादी केन्द्रका युवा नेता सन्तोष पटेलले बताए । ‘जमिन्दार, रंगदार र पुँजीपतिहरुको चलखेलका कारण व्यक्ति, नाता, जात, धर्मका आधारमा मत दिने प्रवृति अँझै हराएको छैन । गरिब, दलितलाई उम्मेदवार नबनाएर आफ्नै नातेदारलाई बनाउँछन् । अनि उनैलाई जिताएर आफैले निर्देश गर्छन्’, पटेलले भने । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४(ख)माओवादी केन्द्रका संयोजकसमेत रहेका पटेलले माओवादीको भातृ संगठनका केन्द्रिय सदस्य भएर पनि नेकपा एमालेलाई खुलेरै सहयोग गर्ने र आफ्नै पार्टीलाई हराउने खेलमा लागेकाहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
  • वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
  • वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त
  • वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल

    सरकारद्वारा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय

    निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचन हुने मिति

    पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारलाई सत्ता गठबन्धनको निर्देशन

    भारतीय प्रधानमन्त्री मोदीविरुद्ध दायर याचिका खारेज

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    News

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    News

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    News

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    News

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑