• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा माओवादीको सुपडा साफ, पछिल्लो पटक ३ पालिका जित्दा अहिले २ वडामै सिमित

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७९, सोमबार १२:३३
  • ३०१३

    वीरगञ्ज, ९ जेठ । मधेश आन्दोलनकै रापतापका बिच पनि पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये ३ वटा पालिका जितेको नेकपा माओवादी केन्द्रले यसपटक एउटा पनि हात पार्न सकेन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पर्साको ठोरी, जगरनाथपुर र छिपहरमाई गाउँपालिका जितेको नेकपा माओवादी केन्द्रबाट हालसम्म २ जना वडाअध्यक्ष मात्रै निर्वाचित भएका छन् । गत निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसँगै ५ मध्ये ४ वडाअध्यक्ष जितेको माओवादी केन्द्रले यसपटक ठोरी गाउँपालिका वडा नम्बर ५ मा मात्रै जित निकालेको छ । गत निर्वाचनमा दोस्रो स्थानमा रहेका अष्टबहादुर लोप्चन यसपटक बिजयी भएका हुन् । त्यस्तै पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ मा मोहन राउत अहिर निर्वाचित भएका छन् । २०७४ सालमा अध्यक्ष, उपाध्यक्षसँगै ३ वडाअध्यक्ष जितेको माओवादी केन्द्रले छिपहरमाई गाउँपालिकामा एक वडामा पनि जित्न सकेन । गत निर्वाचनमा माओवादी केन्द्रबाटै निर्वाचित पालिका अध्यक्ष मनोज कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेसँगै त्याहाँ माओवादी कमजोर बनेको हो । जगरनाथपुरमा पनि माओवादी केन्द्रले अध्यक्षसहित १ वडाअध्यक्ष जितेको थियो । पालिका अध्यक्षमा जितेका जालिम मियाँ मन्सुरी नै एमालेमा प्रवेश गरेपछि त्याहाँ पनि माओवादी कमजोर बनेको हो । वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये वडा नम्बर २० मा मात्रै जितेको माओवादी केन्द्रले यसपटक पराजय भोग्नुपरेको छ ।

    गत निर्वाचनमा माओवादीबाटै बिजयी भएका अधिकांश जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि यहाँका जिल्ला नेतृत्वसँगै केन्द्रिय सदस्यहरुले गम्भिर्यताका साथ नलिएको अहिलेको नतिजाले स्पष्ट हुन्छ । पार्टीको आपसी अन्तरविरोधका कारण जित्ने ठाउँ पनि गुमाउनु परेको माओवादी केन्द्रका केन्द्रिय सदस्य बिजय महतोको भनाई छ । चुनाव खर्चिलो भएका कारण पनि माओवादीले खर्च गर्न नसक्ने हुँदा पराजित भएको महतो बताउँछन् । उनले भने, ‘पालिकामा जित्न करोडौ खर्च गर्छन्, वडामै ४०/५० लाख खर्च गरे । अनि हामी जस्ता सर्वहारा वर्गले कसरी जित्नु ?’ प्रतिनिधि सभा सदस्य एवम् पार्टीकी केन्द्रिय सदस्य शेखचाँद ताराले पनि महतोकै कुरामा समर्थन जनाइन् । पुराना नेताकै कमीकमजोरीका कारण पर्सामा माओवादी कमजोर बनेको उनको बुझाई छ । निर्वाचन प्रणालीलाई समानुपातिक बनाउनुपर्ने बताउँदै उनले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका उम्मेदवारले पैँसाको खोला बगाउँदा माओवादीका उम्मेदवार पराजित भएको टिप्पणी गरिन् । नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहाले जिल्लामा पार्टी झनै कमजोर बनेको स्विकार गरे । पुँजीपतीहरुकै हालीमुहालीका बिच गरिब एवम् सर्वहारा वर्गले हार्नु स्वभाविक भएको बताउँदै अध्यक्ष कुशवाहाले पुँजीसँगै पार्टीभित्रको आन्तरिक विवाद पनि पराजयको कारण भएको बताए । उनी भन्छन्, ‘हामी जनताको बिचमा गएपनि एजेण्डा र भिजन लिएर भाषण गर्छाैँ तर अरु पार्टीहरु पैँसाको बिठो बोकेर जान्छन् ।’

    पार्टीभित्रकै सांगठनीक संरचना, एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने प्रवृति र अन्तरघातको नतिजा अहिले भोग्नु परेको कुशवाहाको भनाई छ । जिल्ला समितिलाई जिल्लालाई समन्वय समिति बनाएर सम्पुर्ण कार्यकारी अधिकार पालिका समितिलाई दिएको हुँदा हस्तक्षेप गर्न नमिल्ने उनको दुखेसो छ । जनयुद्ध गरेर परिवर्तनको शुभारम्भ गरेको माओवादी पार्टी सर्वहारा वर्गको पार्टी भएको हुँदा पैँसा खर्च गर्नेहरुको अगाडी पराजित भएको माओवादी केन्द्रका युवा नेता सन्तोष पटेलले बताए । ‘जमिन्दार, रंगदार र पुँजीपतिहरुको चलखेलका कारण व्यक्ति, नाता, जात, धर्मका आधारमा मत दिने प्रवृति अँझै हराएको छैन । गरिब, दलितलाई उम्मेदवार नबनाएर आफ्नै नातेदारलाई बनाउँछन् । अनि उनैलाई जिताएर आफैले निर्देश गर्छन्’, पटेलले भने । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४(ख)माओवादी केन्द्रका संयोजकसमेत रहेका पटेलले माओवादीको भातृ संगठनका केन्द्रिय सदस्य भएर पनि नेकपा एमालेलाई खुलेरै सहयोग गर्ने र आफ्नै पार्टीलाई हराउने खेलमा लागेकाहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑