• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका १३ स्थानीय तहमा कसको जित कहाँ ?

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७९, शनिबार १४:३३
  • ७२६५

    वीरगञ्ज । पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये १३ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भइसकेको स्थानीय तहमध्ये सबैभन्दा बढी स्थानीय तहमा नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित निकाल्दा नेपाली कांग्रेसले ४ वटा, जनता समाजवादी पार्टी (जसपा) ले ३ वटा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ वटा स्थानीय तहमा जित हाँसिल गरेको छ ।

    एमालेले २ नगरपालिका र ३ गाउँपालिका जित्दा कांग्रेसले ४ गाउँपालिकामा जितेको छ । जसपा १ नगरपालिकासहित २ वटा गाउँपालिकामा बिजयी हुँदा १ गाउँपालिकामा लोसपाले जित हाँसिल गरेको हो ।

    पर्साको पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, ठोरी, छिपहरमाई र सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमालेले जितेको छ । जिराभवानी, पकाहमैनपुर, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसले जितेको छ । बहुदरमाई नगरपालिकासहित धोबिनी र कालिकामाई गाउँपालिकामा जसपाले जित्दा बिन्दवासिनी गाउँपालिकामा लोसपाले जित निकालेको हो ।

    २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जगरनाथपुर, छिपहरमाई र ठोरी गरी ३ वटा गाउँपालिका जितेको नेकपा माओवादी केन्द्रले यसपटक एक वटा स्थानीय तह पनि जित्न सकेन । माओवादी केन्द्रबाट निर्वाचित भएका छिपहरमाई गाउँपालिकाका मनोज कुमार गुप्ता भने यसपटक नेकपा एमालेबाट पुनः निर्वाचित भएका छन् । उनी हाल एमालेको पर्सा जिल्ला सचिवसमेत हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी लिलावति देवी कानु निर्वाचित हुँदा ३ वडामा कांग्रेस र २ वडामा एमालेले जितको छ ।

    त्यस्तै माओवादी केन्द्रबाटै निर्वाचित जगरनाथपुर गाउँपालिकाका जालिम मियाँ मन्सुरीले पनि एमालेबाट प्रतिनिधि सभा लड्ने मनसायका साथ आफ्ना भाई सलिम मियाँ मन्सुरीलाई लडाएपनि उनी पराजित भएका छन् । जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव र उपाध्यक्षमा कांग्रेसकी बबिता सिंह निर्वाचित भएकी छिन् । त्याहाँ ४ वडामा कांग्रेस र २ वडामा एमालेले जित निकालेको छ ।

    नेकपा माओवादी केन्द्रको गढ मानिएको ठोरी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठ नेकपा एमालेकै लालबहादुर श्रेष्ठसँग पराजित भएका छन् । ठोरीमा अध्यक्ष, उपाध्यक्षसँगै ३ वटा वडामा पनि एमालेले जित हाँसिल गरेको छ भने १/१ वटा वडामा कांग्रेस र माओवादी केन्द्रले जितेको छ ।

    पर्सागढी नगरपालिकामा पनि नगरप्रमुख, उपप्रमुखसँगै २ वडामा एमालेले जितेको छ । एमालेका गोकर्ण पाठक प्रमुख र उपप्रमुखमा पुजा चौधरीसँगै ३ वडामा कांग्रेस, २ वडामा जसपा र १/१ वटा वडामा स्वतन्त्र र लोसपाले जित हाँसिल गरेका छन् ।

    जिल्लाको दोस्रा सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको प्रमुखमा पनि नेकपा एमालेकै प्रदुमन प्रसाद चौहान निर्वाचित हुँदा उपप्रमुखमा पनि एमालेकै रुवी कुमारी ठाकुर बिजयी भएकी छिन् । ४ वडामा एमालेले जित्को पोखरियाका ५ वडामा कांग्रेस र १ वडामा नेपाल सुशासन पार्टीले जित निकालेको छ । बहुदरमाई नगरपालिकाको प्रमुखमा जसपाका सिंगासन साह तेली र उपप्रमुखमा एमालेकी सुष्मा कुमारी कुशवाहा निर्वाचित भएकी छिन् । त्याहाँ ४ वडामा कांग्रेसले जितेको छ भने ३ वडामा एमाले, जसपा र स्वतन्त्रबाट १/१ वडा हात पारेका छन् ।

    नेपाली कांग्रेसका सुरेश प्रसाद अध्यक्षमा निर्वाचित भएका पकाहमैनपुर गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै सरफुन नेशा बिजयी भएकी छिन् । पकाहमैनपुरका पाँचै वडामा पनि नेपाली कांग्रेस बिजयी भएको हो ।

    जसपाबाट २१ वर्षीय बशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएको कालिकामाई गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी ६१ वर्षीय राजमति बरैनी निर्वाचित भएकी छिन् । ३ वडामा जसपा र १/१ वटा वडामा एमाले र कांग्रेसले जित हाँसिल गरेका छन् ।

    जसपाबाट मदन प्रसाद चौहानले अध्यक्षमा जितेको धोबिनी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मंजु देवी बिजयी भएकी छिन् । त्याहाँ ३ वडामा कांग्रेस २ वडामा जसपा बिजयी भएको छ ।

    सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेकै ३२ वर्षीय जसवन्त यादव बिजयी भएका छन् भने उपाध्यक्षमा जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी हुन् । ६ वडा रहेको सखुवाप्रसौनीमा एमाले, कांग्रेस र जसपा २/२ वडामा बिजयी भएका छन् ।

    पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी निर्वाचित हुँदा उपाध्यक्षमा पनि कांग्रेसकै ममता महतो पुनः दोहोरिएकी छिन् । ४ वडामा कांग्रेसले जितेको पटेर्वासुगौलीमा १ वडामा मात्रै एमाले जित्न सफल भएको छ ।

    जिराभवानी गाउँपालिकामा पनि कांग्रेसकै ३१ वर्षीय अनोज चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै ३१ वर्षीय रेखा चौधरी निर्वाचित भएकी छिन् । त्याहाँ ३ वटा वडामा कांग्रेसले जित्दा २ वडामा एमालेले जित निकाले छ । लोसपाले जितेको एक मात्र स्थानीय तह बिन्दवासिनी गाउँपालिका हो । जुन पालिकाको अध्यक्षमा प्रमोद तिवारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी ज्योतिदेवी चौरसिया निर्वाचित भएकी छिन् । ३ वडामा कांग्रेसले जितेको बिन्दवासिनीमा नेकपा माओवादी केन्द्र र जसपाले १/१ वटा वडामा जित्न सफल भएका छन् ।

    वीरगञ्ज महानगरपालिकामा भने अहिले मत गणना जारी छ । हालसम्मको तथ्यांकअनुसार पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंह नेकपा एमालेका बिजय कुमार सरावगीभन्दा झण्डै १२ हजारभन्दा बढी मतले अगाडी छन् । यस हिसावले मधेश प्रदेशको एक मात्र महानगरपालिका जसपाले जित्ने प्रबल सम्भावना देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’
  • मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !
  • भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’
  • जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    News

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    News

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    News

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

    News

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑