बारा l बाराको कलैयामा नेपाली प्रहरी र म्यादी प्रहरी बिच झडप भएको छ । बाराको कलैया स्थित भरत चौकमा नेपाल प्रहरीका एक जना नाम खुल्न नसकेको प्रहरी सहायक निरिक्षकले म्यादी प्रहरीलाई कुटपिट गरेपछि म्यादी प्रहरीहरुले नाराबाजी गर्दै भरत चौकमा प्रदर्शन गर्नुका साथै म्यादी प्रहरी माथी ज्यादती गर्ने प्रहरी कर्मचारीहरु माथी कारवाहीको माग गरेको छ । सो क्रममा म्यादी प्रहरीहरुले नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेको छ ।
नेपाली प्रहरीका एक जना असइ सहितका प्रहरी जवानहरुले म्यादी प्रहरीहरुमाथी लाठी र बुट प्रहार गरेपछि म्यादी प्रहरीहरु आन्दोलित भएकाे बताइएकाे छ । म्यादीको आन्दोलनलाई दवाउन प्रहरीले लाठी चार्ज गर्नुको साथै केही म्यादी प्रहरीलाई पक्राउ समेत गरेको छ ।
प्रहरीको कुटाई र लाठी प्रहारबाट केही म्यादी प्रहरीहरु घाइते समेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको पूर्ण बिवरण आउन बाकी रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराले यस बिषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।