• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका १२ स्थानीय तहमा नयाँ अनुहार, पुरानाको लज्जास्पद हार

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७९, शुक्रबार १८:४५
  • २६३३

    वीरगञ्ज, ५ जेठ । पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये हालसम्म सार्वजनिक मतपरिणामअनुसार पुराना जनप्रतिनीधिबाट जनता असन्तुष्ट रहेको स्पष्ट भएको छ । पदमा रहँदा र अवसर पाएको बेलामा पनि जनताको मन जित्न नसकेका जनप्रतिनीधिलाई जनताले पुनः अवसर दिन नचाहेको पर्सा जिल्लाको मतपरिणामले बताउँछ ।

    पर्सामा सबैभन्दा पहिला मतपरिणाम सार्वजनिक भएको जिराभवानी गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामप्रित महतो १ हजार २ सय ६१ मतको फराकिलो अन्तरले पराजित भए । गत निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका महादेव प्रसाद महतो थारुका छोरा अनोज चौधरीसँग रामप्रित पराजित भएका हुन् । अनोजले ४ हजार ५ सय ६० मत ल्याउँदा रामप्रित ३ हजार २ सय ९९ मतमै समेटिए ।

    बिन्दवासिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) का श्रीलाल साह कानु १ हजार ४ सय ६० मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमोद तिवारीसँग पराजित भए । तिवारीले २ हजार २ सय ३४ मत पाउँदा कानु ७ सय ७४ मतमै सिमित भए । गत निर्वाचनमा कानु नेपाली कांग्रेसका चन्द्रकिशोर प्रसाद बरैसँग ८ मतले बिजयी भएका थिए । गत निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा उम्मेदवारी दिएका लक्ष्मणप्रसाद चौरसियाकी श्रीमती ज्योतिदेवी चौरसिया यसपटक नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

    पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान मेयर दिपनारायण रौनियार पनि २ हजार ४ सय ३३ मतले हार बेहोरे । गत निर्वाचनमा नेपाली जनता दलबाट निर्वाचित भएका रौनियार अहिले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । उनी नेकपा एमालेका प्रधुमन प्रसाद चौहानसँग पराजित भएका हुन् । प्रधुमन तत्कालिन संघिय समाजवादी फोरमबाट चुनाव लडेर पराजित भएका थिए । निर्वाचनअघि रौनियारले स्थानीय टेलिभिजनको कार्यक्रममा आफु १ हजारभन्दा बढी मतले बिजयी हुने दावीसमेत गरेका थिए ।

    पर्सागढी नगरपालिकाका निवर्तमान मेयर लोकनारायण यादव पनि २ हजार ८ सय ९१ मतको फराकिलो अन्तरले पराजित भए । गत निर्वाचनमा नेपाली कांग्रेसबाट ६७ मतले बिजयी भएका यादवलाई यसपटक उनकै प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाठकले ६ हजार ६ सय २४ मतका साथ पर्सागढीको प्रमुखमा निर्वाचित भएका छन् ।

    पटेर्वासुगौली गाउँपालिका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीले पनि लज्जास्पद हार बेहोरे । गत निर्वाचनमा ८२ मतले पराजित भएका नेपाली कांग्रेसका दिनेश कुमार चौधरीले यसपटक नेकपा एमालेका हरिनारायणलाई २ हजार मतको फराकिलो मतले पराजित गरे । हरिनारायण ३ हजार ९ सय ४४ मतमै सिमित हुँदा दिनेशले ५ हजार १ सय ४४ मत प्राप्त गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका पदमलाल (पिएल) श्रेष्ठले जितेको ठोरी गाउँपालिकामा यसपटक नेकपा एमालेका लालबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । पर्सा जिल्लामै माओवादी केन्द्रको सबैभन्दा बलियो पकड भएको मानिने ठोरीमा एमालेले जितेसँगै माओवादीको किल्ला भत्किएको छ । गत निर्वाचनमा पिएलसँग ४ सय ३४ मतान्तरले पराजित भएका दिनेशले यसपटक पिएललाई ७ सय २० मतले हराएका छन् ।

    पकाहमैनपुर गाउँपालिकाबासी पनि जसपाबाट निर्वाचित अध्यक्ष बिजय कुमार चौरसियाको कामबाट सन्तुष्ट नरहेको मतपरिणामले बताउँछ । यसअघि १ सय ८१ मतले पराजित भएका नेपाली कांग्रेसका सुरेश प्रसादलाई गाउँबासीले अवसर दिएका छन् । सुरेशले ४ हजार ६ सय ८५ मत पाउँदा निवर्तमान अध्यक्ष चौरसियाले २ हजार ५ सय २९ मत प्राप्त गरे ।

    धोबिनी गाउँपालिकामा भने निवर्तमान अध्यक्षा नेपाली कांग्रेसका सुरेश प्रसाद कुर्मीका दाई बशिष्ट नारायण प्रसाद कुर्मीलाई पार्टीलाई टिकट दियो । तर बशिष्ट जसपाका मदनप्रसाद चौहानसँग २१ मतले पराजित भए । मदन गत निर्वाचनमा जसपाबाट अध्यक्षमा उम्मेदावरी दिएर दोस्रो स्थानमा रहेकी सुशिला देवीका श्रीमान हुन् ।

    बहुदरमाई नगरपालिकाका निवर्तमान मेयर नेपाली कांग्रेसका नितेन्द्र प्रसाद साह पनि ४ सय ८८ मतले पराजित भएका छन् । गत निर्वाचनमा स्वतन्त्रबाट लडेर चौथो स्थानमा रहेका र अहिले जसपाबाट लडेर बिजयी भएका सिंगासन साह तेलीसँग नितेन्द्र पराजित भएका हुन् । नितेन्द्र ५ हजार ५ सय १६ मतका साथ तेस्रो स्थानमा रहँदा ६ हजार ४ मत पाएर तेली निर्वाचित भएका हुन् ।

    पर्साको जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँ मनसुरीले आफु प्रतिनिधि सभा सदस्यमा लड्ने मनसाय बनाएकाले यसपटक आफ्ना भाई महमद सलिम मनसुरीलाई नेकपा एमालेबाट उम्मेदवार बनाए । गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जालिमले यसपटक एमालेबाट भाई सलिमलाई उम्मेदवार बनाएपनि उनी १ हजार ८ सय २३ मतको फराकिलो अन्तरले पराजित भएका छन् । गत निर्वाचनमा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादव ५ हजार ७ सय ४९ मतका साथ अध्यक्षमा निर्वाचित भएसँगै जगरनाथपुरमा पञ्चायती व्यवस्थादेखि कायम रहेको जालिम मियाँको बिरासत सकिएको छ ।

    सखुवाप्रसौनी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष जसपाका प्रदीप कुमार जैसवाल पनि यसपटक पराजित भएका छन् । गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका जसवन्त यादवले निवर्तमान अध्यक्ष जैसवाललाई १ हजार ८ सय ३१ मतान्तरले पराजित गरेका हुन् । यादवले ६ हजार ४ सय ४१ मत पाउँदा जैसवालले ४ हजार ८ सय १० मत पाएका छन् ।

    कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष नथुनी कुशवाहले कोरोना संक्रमणका कारण ज्यान गुमाए । तत्कालिन संघिय समाजवादी फोरमबाट उपाध्यक्षमा निर्वाचित भएका राजेश कुमार चौरसियालाई जसपाले टिकट नदिएपछि एमालेबाट अध्यक्षमा लडेका थिए । १ हजार ३ सय १७ मत पाएर चौरसिया तेस्रो स्थानमा रहे भने त्याहाँ जसपाबाट २१ वर्षीय बशिष्ट कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता गत निर्वाचनमा अध्यक्षमा दोस्रो स्थानमा रहेकी लालसा देवी कलवारका भतिजा हुन् ।

    पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता भने पुनः दोहोरिएर भाग्यमानी निवर्तमान बनेका छन् । जिल्लाका १४ वटै स्थानीय तहमध्ये वडाअध्यक्षमा अधिकांश दोहोरिएपनि पालिका प्रमुखमा दोहोरिने एक मात्र भाग्यमानी जनप्रतिनिधि गुप्ता हुन् ।

    वीरगञ्ज महानगरपालिकामा पनि निवर्तमान मेयर बिजय कुमार सरावगी पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहभन्दा धेरै पछाडी छन् । ३२ वटा वडामध्ये १५ वटा वडाको गणना हुँदासम्म सरावगी झण्डै ११ हजारभन्दा बढी मतले पछाडी रहेको हुँदा उनी पनि पुनः दोहोरिने अवस्था देखिदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑