वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा बदर हुने मतको संख्या रोकिएको छैन । ३२ वडामध्ये २० वटा वडाको ४६ हजार ३ सय ५३ मत गणना हुँदासम्म उपप्रमुखको २१ हजार ४ सय ४६ मत बदर भएको छ । सदर भएको २४ हजार ९ सय ७ मतमध्ये १६ हजार ८ सय ६१ मतका साथ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रता कायमै राखेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ३ हजार ५ सय ७६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिना जैसवाल कुर्मीले २ हजार ४ सय ८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार १ सय ८६ मत पाएकी छिन् ।