वीरगंज । पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा प्रदुमनप्रसाद चौहानले कांग्रेसका दीपनारायण रौनियारलाई २ हजार ४ सय ३३ मतान्तरले पराजित गरेका हुन् । उप्रमुखमा एमालेकी रुवी ठाकुरले कांग्रेसकी रेहाना खातुनलाई १ हजार २ सय ६६ मतान्तरले पराजित गरेकी छन् । ठाकुरले ५ हजार १ सय ९५ मत ल्याएकी छन् भने खातुनले ३ हजार ९ सय २९ मत ल्याएकी निर्वाचन कार्यालयले जनाएको छ ।१० वडा रहेको पोखरिया नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडाध्यक्ष जितेका छन् ।
वडा नं. १ मा एमालेका प्रमाेद गिरी, २ मा एमाले कै केदार महताे चाई, ३ मा एमाले कै रामप्रबेश प्रसाद चाई, ४ मा कांग्रेका लक्ष्मण साह कानु, ५ मा एमाले कै महिन्द्र महताे चाई, ६ मा कांग्रेसका सियानन्द प्रसाद चाैहान, ७ मा कांग्रेस कै परमानन्द प्रसाद कुर्मी, ८ मा कांग्रेस कै किशाेरी साह, ९ मा सुशासन पार्टीका नाैसाद आलम र १० मा कांग्रेस कै साेनालाल प्रसाद गाेढ विजयी भएका छन् ।