पर्सा । पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ४ मा पुन: नेपाली कांग्रेसका लक्ष्मण साह कानु विजयी भएका छन् । बुधबार दिउँसो प्रकाशित भएको पोखरिया-४ को मतगणनाको अन्तिम परिणामका अनुसार त्यहाँको वडा अध्यक्षमा दोस्रो कार्यकालको लागि कानु निर्वाचित भएका हुन् ।
कानु ८ सय १५ मतका पाएर वडा अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जोगिन्द्र प्रसाद रौनियारले ४ सय १८ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा पनि कानु २ सय ५२ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।
त्यसैगरी पोखरिया-५ मा भने नेकपा एमालेका उम्मेदवारले बाजी मारेका छन् । त्यहाँ एमालेका महेन्द्र महतो (दुखरन महतो चाई) ४ सय २ मत ल्याएर विजयी भएका हुन् । महतोले ४ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मनोज साह कानु केवल २ सय ५४ मत ल्याएका छन् ।