जनकपुर । धनुषाको एक स्थानको मतगणना स्थगित गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको मतगणना स्थगित गरिएको हो ।
नेकपा एमालेका नेता कार्यकर्ताहरु पुनः गणना गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेका छन् । निर्वाचन अधिकृतका अनुसार एमालेका उमेदवार राजनारायण प्रसाद गुप्ता १ मतले नेपाली कांग्रेसका उमेदवार जिवछ मण्डल विजयी भएका छन् ।
दुबै पक्षले अड्डी कस्दा विवाद सिर्जना भएको बताइएको छ । क्षीरेश्वनाथ नगरपालिकाका निर्वाचन अधिकृत विकास बस्नेतले दुबै पक्षलाई छलफल गरी सहमतिमा लैजाने प्रयास गरेको बताए । मतगणनास्थल तनावग्रस्त छ । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।