• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्णालीका ४० पालिकाको नजिता : कुन दल कहाँ विजयी ?

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७९, मंगलवार १४:५४
  • २२५३

    सुर्खेत । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा समाचार तयार पार्दासम्म ४० पालिकाको नतिजा सार्वजनिक भएको छ । मंगलबार दिउँसो १ बजेसम्मको परिणाम अनुसार ४० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । प्रदेशमा हालसम्म सार्वजानिक नजिता अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले सबैभन्दा बढी १८ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले १३ पालिका प्रमुखमा जितेको छ ।

    यस्तै नेकपा एमालेले पाँचवटा पालिकामा जित हात पारेको छ भने नेकपा (एकीकृत समाजवादी)ले तीन वटा पालिकामा नेतृत्व पाएको छ । एकजना स्वतन्त्र उम्मेदवार जिजयी भएका छन् । उनी एकीकृत समाजवादी कालीकोटका उपाध्यक्षसमेत हुन् । १० जिल्लामध्ये अहिलेसम्म सुर्खेतका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । ०७४ सालमा एउटा वडाध्यक्षसमेत नजितेको माओवादीले दैलेखमा दुई पालिका अध्यक्ष जितेको छ ।

    एमालेले दैलेखमा आफ्नो वर्चश्व रहेको भैरवी, भगवती र महाबु गाउँपालिकाको नेतृत्व यसपटक गुमाएको छ । कांग्रेसले यसअघि जितेको गुराँस र डुङ्गेश्वर गाउँपालिकामा यो पटक एमालेले जितेको छ । कांग्रेसले जितेको नौमुले गाउँपालिका माओवादीले जितेको छ ।

    माओवादीको आधार इलाका मानिएको रुकुम पश्चिमका दुई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । ६ स्थानीय तह रहेको रुकुम पश्चिममा ०७४ को स्थानीय निर्वाचनमा ६ वटै पालिकामा माओवादीले जितेको थियो ।

    अहिलेसम्म बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । माओवादीका प्रभावशाली नेता जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि कांग्रेसले शुरुआतदेखि नै अग्रता लिएको छ । एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले डोल्पाका दुई र सल्यानको एक पालिकामा नजिता निकालेको छ ।

    यसअघि माओवादीले वर्चश्व जमाएको कालीकोटको तिलागुफामा एमाले-कांग्रेस मिलेर पराजित गरेका छन् । अन्य पालिकाहरू पनि माओवादीले गुमाएको छ । ०७४ मा निर्वाचित भएर पाँच वर्षे कार्यकाल चलाएका अधिकांश उम्मेदवारहरू यो पटकको चुनावमा पराजय बेहोरेका छन् ।

    कर्णालीमा पाँच दलीय गठबन्धन क्षतविछेद् छ । अधिकांश पालिकामा गठबन्धन कायम हुन सकेन् । माओवादी बलियो भएका रुकुम, सल्यान, कालीकोटलगायत जिल्लामा एमाले-कांग्रेस गठबन्धन छ । यसबाहेक कांग्रेस-माओवादी, एकीकृत समाजवादी-माओवादी र एमाले- एकीकृत समाजवादीको तालमेल रहेको छ ।

    यी हुन् कांग्रेसले जितेका १८ पालिका
    – ठूलोभेरी नगरपालिका, डोल्पा
    -तिलागुफा नगरपालिका, कालीकोट
    – महाबु गाउँपालिका, दैलेख
    -भैरवी गाउँपालिका, दैलेख
    – चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख
    – ठाँटीकाँध गाउँपालिका, दैलेख
    – खार्पुनाथ गाउँपालिका, हुम्ला
    – कुमाख गाउँपालिका, सल्यान
    -सिद्धकुमाख गाउँपालिका, सल्यान
    – त्रिवेणी गाउँपालिका ,सल्यान
    – शारदा नगरपालिका, सल्यान
    -कनकासुन्दरी गाउँपालिका, जुम्ला
    – पातारासी गाउँपालिका,जुम्ला
    – हिमा गाउँपालिका, जुम्ला
    – मुगुम कार्मारोंग गाउँपालिका, मुगु
    -कुशे गाउँपालिका, जाजरकोट
    – शिवालय गाउँपालिका, जाजरकोट
    – बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

    माओवादीले जितेका १३ पालिका
    – नौमुले गाउँपालिका, दैलेख
    -भगवतीमाई गाउँपालिका, दैलेख
    -ताँजाकोट गाउँपालिका, हुम्ला
    – नाम्खा गाउँपालिका,हुम्ला
    – सिमकोटमा गाउँपालिका, हुम्ला
    – पलाँता गाउँपालिका , कालीकोट
    – शुभ कालीका गाउँपालिका, कालीकोट
    – जगदुल्ला गाउँपालिका, डोल्पा
    – मुड्केचुला गाउँपालिका, डोल्पा
    – नलगाड नगरपालिका, जाजरकोट
    -बनगाड कुपिण्डे नगरपालिका, सल्यान
    – सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
    -सिंजा गाउँपालिका, जुम्ला

    एमालेले जितेका ५ पालिका
    – गुराँस गाउँपालिका, दैलेख
    -डुङ्गेश्वर गाउँपालिका , दैलेख
    – नारायण नगरपालिका, दैलेख
    – शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)
    – जुनिचाँदे गाउँपालिका, जाजरकोट
    एकीकृत समाजवादीले जितेका ३ पालिका
    – काइके गाउँपालिका, डोल्पा (निर्विरोध)
    – छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)
    -कपुरकोट गाउँपालिका, सल्यान

    स्वतन्त्र -१
    -खाँडाचक्र नगरपालिका, कालीकोट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑