• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवनमा प्रहरी प्रशासनको आडमा पैसा बाँडियो : ईश्वर पोखरेल

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७९, मंगलवार १२:३४
  • २४७३

    चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । मंगलवार पार्टीको केन्द्रीय कार्यालय आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर एकजुट हुन आवश्यक रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताए ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– ‘यतिबेला तत्कालीन राजनीतिमा देखापरेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ । हामी संख्याको हिसावले केही तलवितल हुनसक्ला तर जनमतको हिसावले माथि नै छौँ । एमालेको पक्षको जनमत पूर्व, पश्चिम, उत्तर, दक्षिणमा एमालेकै बढी जनमत छ । हामी त्यही जनमतको बलमा यो गठबन्धनकारीहरुले गरेका तमाम अपराधजन्य कुराहरूको सामना गर्नेछौँ ।’

    त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए । उनले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरूलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए । उनले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणना पूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताए । महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गरे । उनले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, साङ्घातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाए ।

    महासचिव पोखरेलले भने, ‘कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखापर्यो । मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरिकन, सिलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरू लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन । प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसको सील तोडेको पाइयो । सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ ।’
    जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै भएको पनि उनले बताए ।

    महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताए । उनले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताए । उनले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरूमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑