सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादीका २२ वर्षीय उमेदवार राजाबाबु यादव विजयी भएका हुन् ।
निर्वाचत यादवले चार हजार ८१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार हरिनन्दनप्रसाद यादवले दुई हजार ३९२ मत ल्याए । यस्तै, नेकपा (एमाले) उमेदवारका पुरुषोत्तमप्रसाद चौधरीले एक हजार ६३४ मत प्राप्त गरे । स्वतन्त्र उमेदवार केएस राहुल वर्माले एक हजार ६०७ मत ल्याएका छन् ।
उपाध्यक्षमा माओवादीकै गीता देवी निर्वाचित भइन् । उनले तीन हजार ५२३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी उमेदवार कोशिला साहले दुई हजार ६३७ मत ल्याइन् । एमाले उमेदवार नीलम यादवले एक हजार ७८७ मत प्राप्त गरिन् ।