• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७९, सोमबार ११:३४
  • २६६५

    वीरगंज । स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे ।

    वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा सावित्रि सुनारले ७५१ मत ल्याएर विजयी भएका छन् । यसपालि भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा हालसम्म वडाध्यक्षमा निर्वाचित हुने कान्छीमाया पहिलो हुन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा वडाध्यक्ष बन्नलाई ४०८ जनाले उम्मेद्वारी दिएकामा महिला १७ जना मात्र छन् । तिमध्ये जित हासिल गर्ने उनी पहिलो हुन् ।

    २०६२ सालदेखि परिवर्तनशील महिला सामुदायिक विकास संस्था सञ्चालन गरेकी उनले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तिकरणलाई जोड दिदै काम गर्ने बताइन् । ‘युवाहरूसँग मिलेर काम गर्ने योजना छ । पशुपालन र कृषिलाई व्यावसायीकरण गर्नेछु’, उनले अगाडी थप्दै भनिन्, ‘सुकुम्बासीको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’२०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका–८ मा नेपाली कांग्रेसकी भविसरा आलेले निर्वाचित भएकी थिइन् ।

    भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । छ हजार २२८ मत गणना हुदाँ भानुको मेयरमा नेपाली कांग्रेसका आनन्द राज त्रिपाठी एक हजार ६८१ मतान्तरले अगाडी छन् । उपमेयरमा कांग्रेसकी उमा गोतामे दुई हजार १०६ मतले अगाडि छन् । त्रिपाठीले तीन हजार २०७ मत पाएका छन् । नेकपा एमालेका सिताराम बगजाईंले एक हजार ५२६ मत पाएका छन् । उपमेयरमा गोतामेको दुई हजार ७९२ मत आएको छ । एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेद्वारी दिएका केशरबहादुर गुरुङको ६८६ प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑