वीरगंज । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । वडा नम्बर ३ मा वडाध्यक्ष जित्दै तमलोपाले खाता खोलेको हो । तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए । साह २०७४ को निर्वाचनमा पनि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।