उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादी विजयी भएको छ । सो पार्टीका अध्यक्षका उम्मेदवार मेजरकुमार राई निर्वाचित भएका हुन् । राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले १ हजार ५८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका पुष्पलाल राई निर्वाचित भएका छन् । उनले एकहजार ९३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देवकुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।