• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मतगणनामा सुस्त गति, एउटै मतपत्र गन्न २० मिनेट

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७९, आईतवार ०४:०३
  • ३६९३

    वीरगन्ज । मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।

    कुल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरैजसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणाम पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ ।

    निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्यतालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौं महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा शनिबार बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत राति ११ बजेसम्म झण्डै २७ सय मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ ।

    शनिबार मध्याह्न १२ बजेसम्म काठमाडौंमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणामअनुसार नौ घण्टामा करिब एक हजार १८० मत गनिएको थियो । काठमाडौं महानगरमा कुल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । शनिबारको हिसाबले मत गणना गर्ने हो भने ६ महिनामा मात्रै गणना सकिने छ ।

    अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौंको भन्दा अझै सुस्त भएको पाइएको छ । मध्याह्न १२ बजेदेखि गणना सुरु भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ६०० मत गनिएको छ । अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

    उनीहरूविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । काठमाडौं उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले सुरुआतदेखि नै अग्रता लिएका छन् ।

    चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ ।

    भरतपुरमा बिहान ११ः५३ मा मतगणना सुरु गरिएको थियो । राति यो समाचार तयार पार्दासम्म झन्डै ९०० मतगणना भएको छ । यो गणना अत्यन्तै सुस्त हो । अहिले भने भरतपुरमा गणना टोली बढाइएको बताइएको छ ।

    बिहान गणना थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ । पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ । गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् ।

    यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरूमध्ये जम्मा ६५ राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । यसमध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय गरिएको छ ।

    राससको सहयोगमा ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑