वीरगञ्ज । स्थानीय तहको निर्वाचन अन्तर्गत पर्सामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।
धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका बन्धु साह तेली ५ सय ७४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत कैलाश दाहालले जानकारी दिएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार ललन राउत कुर्मीले ४ सय ७७ मत मात्रै ल्याए ।
महिला वडा सदस्यमा नेपाली कांग्रेसकी शोभावती देवी (४८७), दलित महिला सदस्यमा पनि कांग्रेसकै तर्फबाट शारदा देवी पासवान (४८९), खुल्ला सदस्यमा कांग्रेसबाटै शिव कुमारी देवी कुर्मी (४८४) र बाँकी एक खुल्ला सदस्यमा जसपाका उम्मेदवार विरेन्द्र राउत कुर्मी (४८५) मत ल्याएर निर्वाचित भएका छन् ।