सर्लाही | सर्लाहीको कौडेनामा त्रिपक्षीय झडप भएको छ । चुनावको विषयलाई लिएर गाउँपालिका कार्यालय स्थलमा शनिबार मध्यान्ह फेरि झडप भएको हो । कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरु बीच झडप भएको स्थानीय निरज यादवले बताए ।
मतगणनाका लागि गाउँपालिका कार्यालय भित्र सर्वदलीय बैठक भईरहेको बेला बाहिर जम्मा भएका कार्यकर्ताहरु बीच झडप भएको स्थानीयको भनाई छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय पनि कौडेनामै छन्।
कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा पुनः मतदान गर्नुपर्ने र शुक्रबार भएकै मतदान गणना हुनुपर्ने भन्नेमा विवाद भएपछि झडप भएको बताइएको छ । शुक्रबार पनि त्यहाँ झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।