औहरी । महोत्तरीको औहरी नगरपालिकामा मतदान स्थलको तयारी अन्तिम चरणमा रहेको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि औहरी नगरपालिकामा मतदानको लागि सम्पूर्ण तयारी पुरा भएको र मतदान स्थलको तयारी अन्तिम चरणमा रहेको बताइएको छ। औरही नगरपालिकामा ९ वटा वडा मध्य ११ वटा मतदान स्थलमा ‘क’, ‘ख’ र ‘ग’ गरी जम्मा २४ वटा मतदान केन्द्र रहेका छन् ।औहरी नगरपालिकामा कुलमतदाता संख्या १९ हजार ३सय ९२ जना रहेको छ ।
जसमध्य औरही नगरपालिका वडा नम्बर १ को जनता प्रा.वि औहरी बजार मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा २८९५ जना मतदाता, वडा नम्बर २ को श्री प्रसाद सिंह उ.मा.वि औहरी मतदान केन्द्र ‘क’ र ‘ख’ मा ११०० जना मतदाता, तेस्तै सोहि वडाको जान्हवी प्रा.लि. चेपकट मतदान केन्द्र ‘क’ र ‘ख’ मा १४४३ जना मतदाता, वडा नम्बर ३ मा साविक गाविस भवन मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा २३६७ जना मतदाता, वडा नम्बर ४ मा ने.रा.नि. कटुधार मतदाता केन्द्र ‘क’ मा ७०९ जना मतदाता, तेस्तै सोहि वडाको विष्णु दशै.प्रा.श्रीपुर मतदान केन्द्र ‘क’ र ‘ख’ मा १५७४ मतदाता, वडा नम्बर ५ को सोनफी दशै.मा.वि.श्रीपुर मतदान केन्द्रमा ‘क’ र ‘ख’ मा १७३७ जना मतदाता, वडा नम्बर ६ को नि.मा.वि.वैरीया मतदाता केन्द्र ‘क’ र ‘ख’ मा २००८ जना मतदाता, वडा नम्बर ७ को मा.वि.भोईल टिमकीया मतदाता केन्द्र ‘क’ र ‘ख’ मा १५०५ जना मतदाता, वडा नम्बर ८ को उप–स्वास्थ्य चौकी भवन सोनामाई मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा २१३९ जना मतदाता र वडा नम्बर ९ को ज.नि.मा.वि. अगलेश्रा मतदान केन्द्र ‘क’ र ‘ख’ मा १८५६ जना मतदाता रहेको औरही नगरपालिको निर्वाचन अधिकृत सरोज कुमार गोईतले जानकारी दिए ।
साथै औरही नगरपालिकामा मेयर पदका लागि स्वतन्त्र सहित ११ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट सुनिल कुमार यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरोज यादव, जनता समाजवादी पार्टी (जसपा)बाट सुसिल यादव, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रमोद मण्डल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदिप खड्काको उम्मेदवार रहेका छन् । उम्मेदवार मध्ये, जसपाका सुसिल यादव र माओवादीका मण्डल औहरी नगरपालिका वडा नम्बर १ का हुन भने एमालेका सरोज यादव र लोसपाका उम्मेदवार खडका वडा नम्बर २ का हुन् ।