वीरगंज । सुनको मूल्य घटेको छ। नेपाल सुनचाँही व्यवसायी महासंघका अनुसार सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ तोकिएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।