• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरको उपमेयरमा ४ जना प्रतिस्पर्धी

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १८:२२
  • ३९५३

    वीरगञ्ज । यदि गठबन्धन नभइदिएको भए, सबै दलबाट मेयरमा पुरुष र उपमेयरमा महिला उम्मेदवार बन्ने लगभग निश्चित जस्तै थियो । तर गठबन्धनको नाममा एउटा दलबाट मेयरमा पुरुष र अर्काे दलबाट पनि उपमेयरमा पुरुष नै उम्मेदवार भएपछि धेरै ठाउँका महिलाहरुले आफुहरुलाई उपेक्षा गरेको आभाष गरे । त्यस्तै उपेक्षाको आभाष मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका महिला नेतृहरुले पनि गरेका छन् । गठबन्धनको निर्णय हुनु अगावै नेपाली कांग्रेसबाट मेयर १२ जना आकांक्षी मध्ये एकजना र उपमेयरमा नेतृ सुष्मा तिवारी द्विवेदी र किरण सरकारमध्ये एकजनाले उम्मेदवार पाउने चर्चा चलेको थियो । यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट जसपा महिला संघ मधेश प्रदेशकी बरिष्ठ उपाध्यक्ष पिंकी यादवको नाम उपमेयरमा लड्ने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नेतृ रम्भा मिश्रा निर्विकल्प उम्मेदवार हुने लगभग पक्कापक्की भइसकेको थियो । तर गठबन्धनको निर्णयअनुसार जसपाको भागमा मेयर र नेपाली कांग्रेसको भागमा उपमेयर परेपछि मेयरमा राजेशमान सिंह थिए भने उपमेयरमा कोही महिलालाई बनाउने चर्चा चलेपनि अन्त्यमा त्यसो हुन सकेन ।

    नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेपछि महिला नेतृहरु आक्रोशित बने । यता ५ दलीय गठबन्धनबाट उपमेयरमा आलम र उता नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा उपमेयरका उम्मेदवार भए । गत निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट उपमेयरमा लडेर तेस्रो स्थानमा रहेकी रम्भा मिश्राले पराजित भएर पनि यसपटक उपमेयरको टिकट पाउने आशमा ५ वर्षदेखि तयारी गरीरहेकी थिइन् । निरन्तर जनताको माझमा रहेर लोसपामा सक्रिय रुपमा लागेकी मिश्राले टिकट नपाएपछि स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिइन् । निर्वाचनको माहोल शुरु नहुँदै र निर्वाचन हुने मिति पनि नतोकिँदा देखि नै उपमेयरमा साइकल छापमा भोट दिनुहोला भनेर आग्रह गरीरहेकी मिश्रा अब द्विविधामा परिन् । ‘मैले ५ वर्षदेखि साइकल छापमा मत मागेको छु अब मतदाताहरु झुक्किनुहोला भन्ने चिन्ता छ ।’ बैशाख १७ गते निर्वाचन आयोगले मिश्रालाई गुलाफको फूल चुनाव चिह्न दिएदेखि मिश्रा चुनावी प्रचारमा व्यस्त छिन् ।

    प्रचारप्रसारका क्रममा उनलाई अधिकांश महिलाहरुले समर्थन गरीरहेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका कारण र पार्टीका लागि गरेको योगदानको अवमूल्यन भएकाले पनि सहानुभुतीस्वरुप मिश्राले राम्रै मत ल्याउन सक्ने अनुमान लगाउन सकिन्छ । उनी एक्ली महिला उम्मेदवार भएको भए गठबन्धनका उम्मेदवारलाई पनि स्वतन्त्रबाट मिश्राले कडा टक्कर दिने थिइन् तर राजेन्द्र लिंग्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिना जैयसवाल कुर्मीलाई उपमेयरको उम्मेदवार बनाएपछि मिश्रालाई केही आपत परेको देखिन्छ । बित्तिय व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेकी मिश्रा र राप्रपाकी उम्मेदवार कुर्मीबिच रोचक प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    आधा धर्ती आधा आकाश ओगटेका महिलालाई अहिले पनि समाजले बराबरीको रुपमा स्विकार्न नसकेको र महिलाको संविधानमै भएको व्यवस्थालाई गठबन्धनको नाममा कुण्ठित गरेको हुँदा स्वतन्त्रबाट उम्मेदवारी दिएको मिश्राको भनाई छ । एमाले र लोसपाको गठबन्धनबाट उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झा लोसपा पर्साका जिल्ला अध्यक्ष हुन् । उनी वीरगञ्जका पूर्व उपप्रमुखसँगै पूर्व वडाअध्यक्ष पनि हुन् । लामो समयदेखि राजनीतिमा लागेपनि उनी प्रतिनीधि सभा सदस्य बिमल श्रीवास्तवको इशारामा चल्ने गरेको आरोप पनि लाग्ने गरेको छ । ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलम उपप्रमुखका उम्मेदवार हुन् । आलम नेपाली कांग्रेस पर्साका सचिव पनि हुन् । विद्यार्थी संगठनबाटै राजनीति शुरु गरेका आलम पनि वीरगञ्ज महानगरपालिकाको उपमेयरका बलियो उम्मेदवार मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑