• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरको मेयर बनाउने जिम्मा मतदाताको हातमा

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १८:०७
  • ४४९७

    वीरगञ्ज । स्थानीय तहको निर्वाचनको माहोलले मुलुक तातिएको छ । मुलुककै प्रमुख प्रवेशद्वार एवम् उद्योग तथा उद्यमीको शहर वीरगञ्जमा पनि चुनावी सरगर्मी बढेको छ । सत्ता गठबन्धनको निर्णयबमोजिम जनता समाजवादी पाटी (जसपा) को भागमा मेयर र नेपाली कांग्रेसको भागमा उपमेयर परेपछि यहाँको परिस्थिती फेरिएको हो । यसअघि नेपाली कांग्रेसको उम्मेदवार को हुने र कस्तो हुने भन्ने प्रतिक्षामा रहेका अन्य आकांक्षीहरु गठबन्धनको निर्णयसँगै पछाडी हटेपछि पनि नेपाली कांग्रेसकै भरमा अबको महानगरको नेतृत्व आउने आंकलन पनि वीरगञ्जबासीमा नभएको हैन । गत निर्वाचनमा मेयरभन्दा उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्कीले प्राप्त गरेको मत र मेयरमा नेपाली कांग्रेसका निवर्तमान सभापति अजय कुमार द्विवेदी पराजित हुनुले कांग्रेसले नै कांग्रेसलाई हराएको विश्लेषण अहिले पनि हुने गरेको छ । त्यही परिघटनालाई आधार मानेर कांग्रेसलाई हराउने कांग्रेसले अब जसपालाई समर्थन गर्ला कि नाई भन्ने कौतुहलता धेरैमा पलाएको छ । यद्यपी कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, क्षेत्र नम्बर २ का सभापति महमद सहाबुद्धिन, केन्द्रिय सदस्य रमेश रिजाल लगायतले सार्वजनिक कार्यक्रममै गठबन्धनलाई नै समर्थन गर्ने भनेर भाषण नै गरेपछि र सिंहसँगै घरदैलोमा हिँडेपछि आश्वस्त हुने आधार पनि छन् ।

    ५ दलीय गठबन्धनबाट वीरगञ्ज महानगरको मेयरका साझा उम्मेदवार राजेशमान सिंह, नेकपा एमाले र लोसपाको गठबन्धनबाट मेयरका उम्मेदवार एवम् निवर्तमान मेयर बिजय कुमार सरावगी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लेखक तथा पत्रकार गिरीश गिरी चुनावी मैदानमा होमिएका छन् । यसअघि पनि साढे ४ वर्षको कार्यकालमा मेयर भएर काम गरीसकेका सरावगी पुनः जसपाबाट टिकट नपाउने अवस्था देखेपछि टिकटकै लागि नेकपा एमालेमा प्रवेश गरे । नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन कुमार थापाको भनाईका अनुसार सरावगी टिकटका लागि नेपाली कांग्रेसका नेताहरुसँग पनि पटक पटक भेटघाट गरेका थिए । नेपाली कांग्रेसले सरावगीलाई नपत्याएपछि उनी एमालेमा गए र टिकट पनि हात पारे । २०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम अर्थात मधेशवादी दलबाट र मधेशी जनताकै मतबाट मेयर बनेका सरावगीले अहिले सोही दलको विरुद्धमा र मधेशविरोधी भनिने नेकपा एमालेको गुनगान गाएर जनतासँग भोट माग्दा सरावगीको साख गुमेको वीरगञ्ज ३ छपकैयाका सञ्जिव यादव बताउँछन् । मधेश आन्दोलनकै रापमा मेयर बनेका सरावगीले गत निर्वाचनमा गरेका प्रतिबद्धता पनि पूरा नगरेको हुँदा पुनः सरावगीलाई नै भोट दिने आधार नरहेको वीरगञ्ज रामगढवाका रिक्सा चालक रोजमहमद अन्सारीको भनाई छ । सरावगी भने पार्टीले असहयोग गरेको र कोरोना भाइरसको महामारीका कारण प्रतिबद्धताअनुरुप काम गर्न नसकेको स्पष्टीकरण दिँदै आएका छन् । अपर्याप्त स्रोत र प्रदेश तथा केन्द्र सरकारको असहयोगका बाब्जुद पनि २५ वर्षमा नभएको बिकास साढे ४ वर्षमा भएको सरावगीको दावी छ । नेकपा एमालेप्रति बढ्दै गएको जनलहरका कारण र साढे ४ वर्षमा चुनौतीका कारण पनि गरेको कामले गर्दा पुनः आफु नै मेयरमा निर्वाचित हुनेमा सरावगी ढुक्क छन् ।

    गत निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राप्रपा) बाट मेयरमै उम्मेदवारी दिएर तेस्रो स्थानमा रहेका राजेशमान सिंह यसपटक गठबन्धनबाट मेयरका साझा उम्मेदवार हुन् । यसअघि १२ हजार १ सय ६५ मत ल्याएका सिंहले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर जसपामा प्रवेश गरेका हुन् । पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमालेमा जाने उद्घोषसमेत गरीसकेका सिंहभन्दा अगाडी नै निवर्तमान मेयर सरावगी एमालेमा प्रवेश गरेपछि सिंहको रोजाईमा जसपा परेको हो । गठबन्धन भएपनि वीरगञ्ज महानगर जसपाको भागमा पर्ने संकेत अगाडी नै देखिसकेका सिंहको चलाखीपुर्ण निर्णयकै परिणामस्वरुप सिंह गठबन्धनबाट साझा उम्मेदवार बने । पार्टीेमा प्रवेश गरेको छोटो समयमै गठबन्धनले उम्मेदवार बनाउने निर्णय गर्नुले पनि सिंहको पछाडी जनाधार छ भन्ने कुरा स्पष्ट हुन्छ । जनताको माझमा भिजेका र विशुद्ध राजनीतिकर्मी भएकाले सिंह नै योग्य र सक्षम उम्मेदवार भएको जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवको भनाई छ । गत निर्वाचिनमा पराजित भएर पनि सिंहले कोरोना भाइरसको महामारीमा हजारौँ जनालाई निःशूल्क रुपमा भोजन वितरण गरे ।

    सयौँ जना मोतिबिन्दुबाट ग्रसित रहेकाहरुको निःशूल्क रुपमा शल्यक्रिया गरिदिए । उनीमाथि बाहुबल प्रयोग गरेको आरोप बारेमा उनको जवाफ हुन्छ, ‘मलाई गुण्डा गर्दी भन्नेहरु आफैले भाडाका गुण्डा लिएको कुरा केही दिन अघि मात्रै ऋषि धमाला ज्युसँग भएको कार्यक्रमले नै स्पष्ट हुन्छ । मलाई आरोप लगाउनेकै समर्थकले कुर्सी उठाएर कराउँदै नाराबाजी गरे । अनि मलाई गुण्डा के आधारमा भन्छन्, म केही बुझ्नै सक्तैन । मैले कोही व्यापारीलाई धाक धम्की दिएर चन्दा असुलेको छु की ? कोही चेली बेटीलाई अपहरण गरे कि ? कसैलाई गाली गलौज गरे की ?’
    गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी (एस) को पनि समर्थन पाएको हुँदा भारी मतले बिजयी हुने सिंहको विश्वास छ । उम्मेदवारी दर्ताको २ दिन अघि मात्रै मेयरको उम्मेदवारी घोषणा गरेका लेखक तथा पत्रकार गिरीश गिरी पूर्व मेयर स्वर्गीय गोपल गिरीका छोरा हुन् । सक्षम र शिक्षित एवम् योग्य उम्मेदवार भएपनि वीरगञ्जमा नबसेको र वीरगञ्जका लागि कुनै योगदान नगरेको उनीमाथि आरोप लागेको छ । उनले भने आफु जहाँ बसेपनि वीरगञ्जप्रतिका माया कहिलै कम नभएको बताउँदै आएका छन् । आफ्ना बुबाले देखेका सपनालाई पूरा गर्नका लागि पनि उम्मेदवारी दिएको गिरीको भनाई छ । अन्तिम समयमा अचानक उम्मेदवार बन्न आउनुको कारण उनी कसैबाट परिचालीत भएको हुन सक्ने आशंका पनि केहीले गरीरहेका छन् । तथापी उनी भने वीरगञ्ज शहरको हराएको साखलाई फिर्ता गर्ने र समृद्ध वीरगञ्ज निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑