• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मत कसरी हाले बदर, कसरी हाले सदर?

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १५:३२
  • ३१८५

    वीरगंज । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा आफ्नो मत खेर नजाओस् भन्ने चाहनुहुन्छ भने तपाईँले भोट हाल्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसपटकको निर्वाचनमा मतदाताले अघिल्लो जस्तै सात वटा छाप लगाउन पाउँछन्। मतपत्र लामो र ठूलो हुन्छ। त्यसैले, यसपटक मत हाल्दा अलि धेरै ध्यान दिनुपर्ने हुन्छ। आफ्नो मत बदर हुनबाट बचाउन सबैभन्दा पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नुपर्छ। किनभने मतदान अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र बदर हुन्छ। मतपत्रको तल्लो भागमा मतदान अधिकृतले हस्ताक्षर गर्ने ठाउँ हुन्छ त्यहीँ हेर्नुपर्छ। मत्रपत्र लिएपछि गोप्य मतदान गर्ने ठाउँमा गएर मत्रपत्रमा सात वटा छाप लगाउने हो। यसरी छाप लगाउँदा पहिला पाँच वटा ठाडो लहरमा प्रत्येकमा एउटा छाप लगाउनु पर्छ। पहिलो लहरमा मेयर वा गाउँपालिकाको अध्यक्षको चुनाव चिन्ह हुन्छ। यसमा आफूलाई मन परेको चुनाव चिन्हमा एउटा छाप लगाउनुपर्छ।

    दोस्रो लहरमा उपप्रमुख, तेस्रो लहरमा वडाध्यक्ष, चौथो लहरमा वडा महिला सदस्य र पाँचौ लहरमा दलित महिला वडा सदस्यको चुनाव चिन्ह हुन्छ। यी प्रत्येक लहरमा एउटा चिन्ह लगाउनु पर्छ। एउटै लहरमा दुई वा दुईभन्दा धेरै चिन्हमा छाप लगाएमा मत बदर हुन्छ। किनभने पहिलो लहर मेयर वा अध्यक्ष पदको लहर हो। दुईजना मेयरलाई भोट दिने कुरै भएन। त्यसैले पहिलो लहरमा मेयर वा अध्यक्षका लागि तल र माथि दुईवटा छाप लगाएमा मत बदर हुन्छ। दोस्रो देखि पाँचौँ सम्म पनि एउटा लहरमा एउटा मात्रै छाप लगाउनुपर्छ। छैठौं र सातौं लहरमा खुला वडा सदस्यका लागि मतदान गर्ने हो। यसमा भने जुन लहरमा लगाए पनि दुई वटा छाप लगाउन पाइन्छ। एउटै लहरमा दुईवटा छाप लगाउन पनि पाइन्छ र एक एकवटा बाँडेर दुईटैलहरमा लगाउन पनि पाइन्छ। किनभने खुलाबाट सबभन्दा धेरै मत ल्याउने दुईजना उमेद्वार विजयी हुन्छन्।

    छैठौं र सातौंमा गरि तीन वटा त्यो भन्दा बढी छाप लगाएमा भने त्यो मत बदर हुन्छ। मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नु पर्छ। र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ। मसी लतपतिएमा मत बदर हुन्छ। कुनै एउटा लहरको मत बदर भएमा सबै मतपत्र बदर हुँदैन। जस्तै: अध्यक्षका लागि मत दिँदा विग्रियो भने त्यही मतमात्र बदर हुन्छ। उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई जना वडासदस्यका लागि हालेको मत भने सदर नै हुन्छ। स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुईटा कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ। त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरीपरीको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ। कहिलेकाँही मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ । त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑