औहरी । स्थानीय तह निर्वाचनको तीनदिन मात्र बाँकी हुदा वभिन्न ठाउँमा उम्मेदवारहरुले पैसा बाडेर भोट किन्न लागेको घटनाहरू सार्वजनिक हुन थालेको छ। पछिल्लो पटक यस्तै घटना महोत्तरीको औरहीमा सार्वजनिक भएको छ। औरही नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदको लागि उम्मेदवार दिएका धिरेन्द्र साहले मतदाता फकाउन दिनदहाडै पैसाबाटेको भिडियो अहिले समाजीक सञ्जालमा भाईरल भएको छ ।
मंगलबार औरही नगरपालिका वडा नम्बर १ स्थित औरही बजारको मुस्हरी टोलमा उम्मेदवार साह आफैले एक महिलालाई पैसा नलिदा जबरजस्ती पैसादिएको भिडियो भाईरल भएको प्रस्ट देखिएको छ । उम्मेदवारले पैसा बाटेको प्रमानणित हुँदा निर्वाचन आयोगले उम्मेदवारी खारिज गर्ने व्यवस्था छ