बीरगन्ज । पाँच दलीय गठबधनको चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ मंगलबार बारा आउँदै छन्। गठबन्धनले जितपुर सिमरा उप-महानगरपालिका स्थित जितपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्न ‘प्रचण्ड’ आउँदै लागेको आयोजकले बताए ।
जितपुर सिमरा उप-महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरमा माओवादी र उप-मेयरमा कांग्रेस उम्मेदवार चुनावी मैदानमा छन्। मेयरमा माओवादीबाट राजन पौडेल र उप-मेयरमा कांग्रेसकी मेघा शाही उमेदवार छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस उप-महानगरपालिकाको मेयर र उप-मेयरमा नेकपा एमाले जितेको थियो। गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट पौडेल नै मेयरमा पराजित भएका थिए। तर त्यसबेला माओवादीले १० वटामा वडाध्यक्ष जितेको थियो।