• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज रातिदेखि मौन अवधि सुरु हुँदै, के-के गर्न पाइदैन ?

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार ११:३९
  • ४१७३

    वीरगंज । स्थानीय तह निर्वाचनअन्तर्गत आज (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि आज राति १२ बजेदेखि मतदान हुने दिनको राति १२ बजेसम्म लागू हुनेछ । उम्मेदवारहरूले आज रातिसम्म मात्रै प्रचार र मत माग्न पाउनेछन् । ‘मंगलबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन,’ आयोगले भनेको छ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाइँदैन । यस्तै, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

    निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । मौन अवधि उल्लंघन गरे/नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ । यस्तै आजै मध्यरातदेखि चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि मदिरा बिक्री वितरणमा पनि कडाइ गरिने भएको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । बैशाख ३० गते सर्वजनिक सवारी र आन्तरिक उडान समेत बन्द हुनेछन् ।

    के गर्न पाइँदैन?
    आचारसंहिताको परिच्छेद खण्ड ७१ को १६ नम्बर उल्लेख भए अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा लेखिएको छ,’ उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् ।’मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्नेछ । यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न पाइदैन । उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइदैन । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न पाइँदैन ।

    कुनै पनि उम्मेदवारको लागि राखिएको सामग्री बिक्री वा प्रदर्शन गर्न पाइँदैन । कसैले पनि गराउन हुँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण पाइँदैन । मौन अवधि समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउनेछ । मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे आयोगले उम्मेदवारी रद्द गर्न सक्ने छ । एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ । यो व्यवस्था स्थानीय निर्वाचन ऐन, २०७८ मा उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑