• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुईदिने सार्वजनिक बिदामा अभिभावक असन्तुष्ट

  • वीरगंज संजाल
  • २६ बैशाख २०७९, सोमबार १५:४९
  • ३४९७

    वीरगंज । सरकारले आगामी १ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा अभिभावक भने असन्तुष्ट देखिएका छन् । सरकारले अर्थतन्त्रमा समस्या परेकाले पेट्रोलियम पदार्थ र विद्युत्को प्रयोग घटाउने उद्देश्यले तत्कालका लागि दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अभिभावकहरूले भने आइतबार पनि बिदा दिँदा विद्यार्थीहरूको सिकाइ प्रक्रियामा असर पर्ने तथा निजी क्षेत्रमा काम गर्ने अभिभावकलाई व्यवस्थापनमा समेत असर पर्ने भन्दै निर्णयप्रति असन्तुष्टि जनाएका छन् । अभिभावकहरूले आइतबार सार्वजनिक बिदा दिएमा स्कुल तथा कलेजको शुल्कसमेत घटाउनुपर्नेमा समेत जोड दिएका छन् । अनामनगर बस्दै आएकी निजी क्षेत्रमा कार्यरत ललिता मगरले आइतबार पनि सार्वजनिक बिदा दिँदा बालबच्चाको व्यवस्थापन गर्न अप्ठ्यारो हुने बताउँछिन् ।

    ‘शनिबार एक दिन सार्वजनिक बिदाको दिन अफिस पनि बिदा हुन्थ्यो, त्यो दिन केटाकेटी सँगसँगै घरमा बिताउँथे, अब आइतबार स्कुल बिदा हुने रे, मेरो अफिस बिदा हुँदैन के गर्ने भन्नेले चिन्ता थपिएको छ,’ उनले भनिन् । निजी कम्पनीमा काम गर्ने नयाँ बानेश्वर बस्ने सीता खड्कालाई पनि त्यस्तै समस्या छ । दुई जना स्कुलमा पढ्दै गरेका छोराछोरी रहेकी उनले पनि आइतबार पनि सार्वजनिक बिदा भए अफिस र छोराछोरीको हेरचाह कसरी गर्ने भन्ने चिन्तामा परेको बताउँछिन् । ‘अफिस छाड्यो भने उनीहरूलाई पढाउन सकिँदैन, नछाडौं भने साना बालबच्चा भएकाले छाड्न पनि नसक्ने अवस्था छ,’ उनले भनिन् । गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी महिनादेखि हप्तामा शनिबार र आइतबार गरेर दुई दिन बिदा दिने निर्णय गरेको हो । दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सरकारी कर्मचारी खुसी देखिए पनि निजी क्षेत्रमा कार्यरत कर्मचारी भने आफ्नो क्षेत्रमा दुई दिन सार्वजनिक बिदा नहुने भन्दै खुसी देखिँदैनन् ।

    हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास नौलो भने होइन । यसअघि शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको समयमा हप्तामा दुई दिन बिदा दिने निर्णय उल्टाएका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा १ साउन २०५६ बाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो । त्यसबेला पनि अहिलेजस्तै पेट्रोलको भाउ बढेको र बिजुली पनि बचाउनुपर्ने अवस्था रहेको भन्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भयो । २०५८ को अन्त्यसँगै सो निर्णय उल्टिएको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटपछि दुई दिन बिदा निर्णय बताइन्छ । दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने अपेक्षा अधिकारी गरेको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑