वीरगञ्न । वीरगञ्न महानगरपालिका नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडादेखि महानगरसम्म आफ्नो लालकिल्ला बनाउने उदेश्यसहित वीरगञ्जमा एमाले र लोसपा गठबन्धनले आफ्नो चुनावी अभियान तीब्र पारेको छ । आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तीव्रता दिएका हुन् । निर्वाचन हुन केहि दिन बाकी रहदा वीरगञ्जमा ठाउँ ठाउामा सभा तथा र्याली चलिरहेको छ । वीरगञ्नका हरेक वडाहरुमा जनताका घरैमा पुगेर भोटमाग्ने वा घर दैलो र चुनावी प्रचारप्रसार कार्याक्रमहरु तिव्रताका साथ गरिरहेका छन ।
निर्वाचनका लागि प्रत्येक्ष घरमै पुगेर भोट माग्ने कार्यले भोट माग्ने र भोट दिने आम जनताहरुले नेकपा एमाले प्रति उत्सुक्ता जनाएका छन । आज वीरगञ्ज ११ एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रदुमन सेढाईको नेतृत्वमा कार्याकर्ताहरुले मोटरसाइकल र्यालीसहित भोटमाग्ने, घरदैलो कार्याक्रमलाई तिव्रता पारेका छन् ।वीरगञ्ज महानगरपालिकाका मेयर पदका बिजय कुमार सरावगी तथा उपमेयर पदका उम्मेद्वार पुरुषृोतम लाल झासहितको टोलिले वडा नं। ११ मा जनतादर्शन तथा घरदैलो गरेको हुन्।
कार्यक्रममा मतदाताको उल्लेखनिय उपस्थिति बनेको थियो । कार्यक्रममा सहभागी उम्मेदवारहरुले चुनावको मिति नजिकै आइरहेको भन्दै आफुलाई अमुल्य मतदान गरि बिजयी गराउन अपिल गरेका छ्न । उहाँहरूले वडा नम्बर ११ सहित हरेक वडा र समग्र महानगरको बिकास, समृद्धि लागि वडादेखि महानगरसम्म एमालेको सरकार आवश्यक रहेको बताए । घरदैलो अभियानमा एमालेप्रति जनताको छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको सरावगीले बताउनुभयो । उहाँले जनताको यो विश्वासलाई टुट्न नदिने प्रतिवद्धता जनाउदै एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गर्नुभएको छ । वडालाई विकास र समृद्धिको बाटोमा अघि बढाउन आफुलाई जनताले जिताउन आवश्यक रहेको मतदातासमक्ष उद्धघोष गर्नुभएको छ ।