वीरगन्ज । बैशाख ३० को निर्वाचन नजिकिदै जादा नेकपा एमालेले वीरगन्जमा चुनावी प्रचार प्रसार अभियानलाइ थप तिब्र पारेको छ ।
महाननगरको उपमेयरमा लोसपासंग चुनावी तालमेल गरेको एमालेले शनिबार बिहान मात्रै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ , वडा नमबर १० , वडा नम्बर ३० र ३१ मा रोड शो गर्दै चुनावी घरदैलो गरेको छ । एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय कुमार सरावगी र लोसपाका उपमेयर उम्मेदवार पुरुषोत्तमलाल झाले जिल्ला स्तरका नेताहरुका साथ चार वटै वडामा शनिबार घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा ती चार वटै वडामा एमालेका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु पनि सहभागी थिए ।
शनिबार बिहान चार वटै वडाको घरदैलो कार्यक्रम सकेपछि प्रतिक्रिया दिने क्रममा एमालेका मेयर उम्मेदवार सरावगीले चुनाव अब ६ दिन मात्र बाँकी रहेकाले घरदैलो कार्यक्रमलाइ तिब्र पारिएको बताए । महानगरका ३२ वटै वडामा यसअघि पनि आफु पुगेर मतदाताहरुसंग भेटेर उनिहरुको गुनासा सुनिसकेको बताउदै सरावगीले अहिले फेरि नेताहरुका साथ मतदाताका सामु पुगेर आफुहरुलाइ जिताउन अपिल गर्दै घरदैलो गरिरहेको बताए ।
विगतको नेतृत्वमा रहदा जनताको सुखदुखमा सदैव आफनो साथ रहेको र त्यहि मुल्यांकन गरेर नै अहिले पनि जनताले आफुलाइ अपार माया र साथ दर्शाइरहेको जिकिर उनले गरे । वीरगन्जको विकास र समृद्धि नै आफनो मूल मन्त्र रहेको भन्दै सरावगीले अब नेतृत्वममा पुग्दा पनि वीरगन्जवासीलाइ आफुले निराश नपार्ने प्रतिबद्धता जनाए । शनिबारको चुनावी घरदैलो कार्यक्रममा लोसपाका उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झा , एमालेका नेताहरु बसरुद्धिन अन्सारी , सुन्दर कुर्मी , बाबुराम कौशीक लगायतको पनि सहभागीता रहेको थियो ।