वीरगञ्ज । नेकपा एमालेले वीरगञ्जमा घरदैलोलाई निरन्तरता दिएको छ । सोमवार बिहान नेकपा एमालेले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा रोड शो तथा घरदैलो गरेको हो ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगी र वडाअध्यक्षका उम्मेदवार प्रधुमन सेढाईले वडा नम्बर ११ का वडाबासीसँग भोट अपिल गरेका हुन् ।
यसअघि कोरोनाका कारण र पार्टीबाट असहयोग भएका कारण पुनः एक पटक अवसर दिन सरावगीले वडाबासीसँग अपिल गरेका छन् । वीरगञ्जलाई समृद्ध र बिकसित बनाउन एमालेले जित्नुपर्ने सरावगीको भनाई छ ।