• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विहार र नेपालको चुनावी ब्यानरमा एउटै व्यक्तिको तस्बिर  अपराधिक नाईकेहरू लाई भतिज र बहिनीको भर

  • वीरगंज संजाल
  • २५ बैशाख २०७९, आईतवार १०:४९
  • ३५८९

    कालिकामाई– आसन्न स्थानीय तहको चुनाव आउन अब ५ दिन मात्र बाकी छ । उम्मेदवारहरुले जोडतोडका साथ आफ्नो प्रचार प्रसार गरिरहेका छन् । पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयर वशिष्ठ कलवार र उपमेयर सायना खातुनले पनि जबरजस्त तरिकाले चुनावी प्रचार थालेका छन् । कलवार र खातुनको चुनावी ब्यानरमा जसपाका नेताको स्थानमा जुन व्यक्तिको तस्बिर राखिएको छ ती व्यक्तिको प्रभाव भारत विहार राज्यको रामनगरमा रहेको देखिन्छ । उपमेयरकी उम्मेदवार सायना खातुनको तस्बिर माथि अरमान खाँको तस्बिर राखिएको छ । खातुन खाँकी बहिनी हुन् ।
    गत वर्ष विहारको नगर परिषदको चुनावमा रामनगर प्रखण्डमा अरमान खाँकी श्रीमती सायरा खातुन उपसभापतिकी उम्मेदवार थिइन् । रामनगर नगर परिषदको चुनावी ब्यानरमा अरमान खाँको ठूलो तस्बिर राखेर मतदातासँग मतको अपिल गरिएको थियो । यसैगरि कालिकामाईको चुनावमा समेत अरमान खाँको तस्बिर राखेर गाउँ गाउँमा ब्यानर टाँगिएका छन् । एउटै व्यक्ति नेपाल र भारततर्फको चुनावमा उम्मेदवारको प्रतिनिधी किन र कसरी बन्छ भन्ने विषयमा कालिकामाईका वासिन्दा अहिले चिन्तीत बनेका छन् । खाँ दुई महिना अगाडि जसपामा प्रवेश समेत गरेका थिए । जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेश सांसद सिंघाशन कलावर, सचिव तबरेज अहमद लगायतका नेताहरुले खाँलाई पार्टी प्रवेश गराएका थिए ।
    कालिकामाई गाउँपालिकाको मेयर पदमा जसपाबाट उम्मेदवारी दिएका वशिष्ट कलवार दिनेश कलवारका भतिजा हुन् । चुनावी ब्यानरमा अरमान खाँसँगै दिनेशको तस्बिर समेत राखिएको छ । अघिल्लो स्थानीय चुनावमा कालिकामाईको उपमेयरमा कलवारले आफ्नो भाउजु लालशा देवी कलवारलाई उम्मेदवार बनाएका थिए । उनकी भाउजु पराजित भइन् । खोटाचलन, लागूऔषध मुद्दामा सजाय पाइसकेका कलवार आफू निर्वाचनमा लड्न नपाउने भएपछि कहिले भाउजु त कहिलो आफ्नो भतिजोलाई आफ्नो प्रतिनिधीको रुपमा अगाडि सार्दै आएका छन् । उनकी भाउजु अस्वस्थ्य रहेकीले यसपालीको चुनावमा भतिजोलाई अगाडि सारेका हुन् । आपराधिक गतिविधीमा दोषी व्यक्ति संविधानत चुनाव लड्न नपाउने भएपछि राजनीतिलाई आफ्नो पकड बाहिर जान नदिन पारिवारिक सदस्यलाई अगाडि सार्ने विहारी प्रवृत्ति अहिले कालिकामाई गाउँपालिकामा समेत देखिएको छ । कलवारकै परिवारका सदस्यले जसपाबाट टिकट पाउने निश्चित देखिएपछि जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेका छन् । मेयरमा जसपाबाट दिनेश कलवारका भतिजो वशिष्टले नै टिकट पाउने तय भएपछि राजशे चौरसिया एमाले प्रवेश गरेका हुन् । जसपाकै अर्का प्रभावशाली नेता राधाकृष्ण चौरसिया कांग्रेसको झन्डा बोक्न बाध्य बनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑