पर्सा | जनता समाजवादी पार्टीले चुनावी सभामा बालबालिका प्रयोग गरेको भन्दै एमालेका युवा नेता अकलेश साहले बिरोध जनाएका छन । शुक्रमबार पकाहामैनपुर गाँउपालिका वडा नम्बर २ सुर्जाहामा आयोजित चुनावी सभामा जसपाले बालबालिका प्रयोग गरेको भन्दै एमालेका पकाहामैनपुर गाँउपालिका अध्यक्ष समेत रहेका साहले बिरोध जनाएका हुन ।
साहले जिम्मेवार नेताले नै निर्वाचन आचार संहिताको धज्जी उठाउदा समेत निर्वाचन आयोग कानमा तेल हालेर बसेकोमा आपति जनाए । उनले आचार संहिता उल्लखन गर्ने राजनितिक दलका नेतालाई कारवाही गर्न समेत माग गरे ।
निलम्बित सांसद हरीनारायण रौनियार, निवर्तमान उपमेयर सलमा खातुन लगायतको नेता सहभागि भएको कार्यक्रममा बालबालिकाको प्रयोग भएको थियो ।