काठमाडाौं -युएईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबाई सहरमा रहेको dubai taxi corporation कम्पनीले ८०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ९१ हजार बढि पाउनेछ । इच्छुक कामदारले आयुष ओभरर्सिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा बैशाख २७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ