वीरगंज । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदरावादलाई २१ रनले हराएको छ। जितसँगै दिल्ली क्यापिटल्सले प्लेअफको सम्भावना जीवितै राखेको छ।जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।
यो जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै राखेको छ। बाँकी चारमध्ये कम्तिमा तीन खेलमा जित निकाल्न सके १६ अंकका साथ प्लेअफमा पुग्नेछ। दिल्ली १० खेलमा ५ जित र ५ हारसहित पाँचौ स्थानमा छ। यता, हैदरावादले प्लेअफमा पुग्न बाँकी चारमध्य कम्तिमा तीन खेलमा जित निकाल्नु पर्छ।
हैदरावाद पनि १० खेलमा ५ जित र ५ हारसहित छैटौं स्थानमा छ।