पर्सा २० वैशाख । पर्सामा स्थानीय तहको निर्वाचनका लागि प्रमुख उप-प्रमुख पदमा महिला उम्मेदवारको सहभागिता न्यून भए पछि वीरगञ्ज महानगरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्र लोकप्रिय बन्दै गएकि हुन ।
प्रमुख दलहरुले महिलालाई प्रमुख पदमा अगाडि नल्याए पश्चात उप-मेयर कि उम्मृदवार रम्भा मिश्रले विभिन्न राजनितीक चुनौतिको सामना गर्दै जनचाहना अनुसार स्वतन्त्र उम्मेदवारी दिदै चुनाव चिन्ह गुलाफ छाप को पोष्टर पम्पलेट लिदै घरदैलो कार्यक्रम व्यस्त देखिनु भएको छ ।
महिला हक हितको लागी यसपाली महिला स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउनु पर्ने जनलहर चलेको छ ।
विगत लामो समयको समाज सेवाले छुटै पहिचान बनाउन सफल रहेकि रम्भा मिश्रलाई वीरगञ्ज नगरवासीले पत्याएका छन । महानगरका यूवा, महिला, पुरुष तथा स्थानिय समाज सेवी र विभिनन कार्यक्षेत्रमा आवधरहेका नगरवासीहरुले यसपालीको महानगर उप मेयरको नेतृत्व रम्भ मिश्रलाई दिने बताएका छन ।