• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनाव प्रचारका लागि उम्मेदवारले कतिवटा गाडी प्रयोग गर्न पाउँछन्?

  • वीरगंज संजाल
  • २० बैशाख २०७९, मंगलवार १६:५१
  • ४७३७

    वीरगंज । शाख ३० गते हुने स्थानीय तहको चुनावका लागि १० दिन बाँकी छ। उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन्।
    निर्वाचन आचार संहिता अनुसार आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनलाई सवारी साधन प्रयोगमा मापदण्ड निर्धारण गरेको छ।

    आचार संहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन प्रचार-प्रसारका लागि प्रयोग हुने गाडीको संख्यासमेत निर्धारण गरेको छ। यसरी प्रचार प्रसारका लागि प्रयोग हुने गाडीबारे निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने व्यवस्था आचार संहिताले गरेको छ।

    आचार संहिताको दफा १३ (क) मा भनिएको छ, ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचलन्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने।’

    दफा १३ को उपदफा ‘ख’मा कुनै पदको निर्वाचन प्रचार प्रसारको लागि राजनीतिक दलले अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ। यसरी प्रयोग हुने सवारी सानको स्वरुप परिवर्तन गरी प्रयोग गर्न पाइँदैन।

    यसरी एउटा उम्मेदवार वा राजनीतिक दलको नाममा अनुमति लिएर अन्य दल वा उम्मेदवारले प्रयोग गर्न पाउने छैन। साथै यसरी अनुमति लिएका सवारी साधनको प्रयोग मतदाता ओसारपसार गर्न नपाउने व्यवस्था आचार संहिता उल्लेख छ।

    कुन पदका उम्मेदवारले कति गाडी प्रयोग गर्न पाउँछन्?

    आचार संहितालाई कार्यान्वयन गर्न जारी गरिएको निर्वाचन आचार संहिता कार्यान्वयन कार्यविधिको दफा १७ मा सवारी साधनको अनुमति सम्बन्धि व्यवस्था उल्लेख छ। २०७९ वैशाख १७ गते आयोगले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

    यस दफामा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख वा उप प्रमुखले बढीमा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाउनेछन्।

    नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले एउटा सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ।

    त्यस्तै, महानगर र उपमहानगरका वडा अध्यक्ष तथा वडा सदस्यले वडाभित्र मात्र प्रयोग गर्न एउटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ।

    नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यका लागि उम्मेदवार भएको वडा भित्र मात्र प्रयोग गर्न पाउने गरी एउटा दुई पाङ्ग्रे सवारी साधनको अनुमति दिइने व्यवस्था कार्यविधिमा छ।

    विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन नचल्ने गाउँपालिका वा नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख वा उपप्रमुखका लागि दुई वटा घोडा र वडा अध्यक्ष वा वडा सदस्यको लागि एउटा घोडा प्रयोग गर्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ।

    यसरी अनुमति दिइएका सवारी साधन मौन अवधिमा प्रयोग गर्न नपाइने समेत व्यवस्था गरेको छ। मौन अवधिमा यसरी सवारी साधन प्रयोग गरे गाडी आयोगले कब्जा गर्न सक्ने व्यवस्था छ। यसरी कब्जा गरिएको गाडीलाई निर्वाचन समाप्त भएपछि मात्र फिर्ता गर्ने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑