• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरका मतदाता भन्छन्– मत होइन, मन जित्ने मेयर चाहियो, वीरगन्जमा कस्तो ?

  • वीरगंज संजाल
  • १९ बैशाख २०७९, सोमबार ०८:१२
  • २८३७

    जनकपुरधाम । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । उमेदवारहरूको प्रचार प्रसार तीव्र छ । घरदैलोमा नेता कार्यकर्ताको दौडधुप पनि उस्तै छ । मतदाता रिझाउँने गतिविधिहरू पनि व्यापक रूपमा भइरहेको छ । मधेश आन्दोलनको विगुल फुक्ने सहरले कस्तो नेतृत्व पाउला ? आकलन सुरु भइसकेको छ । यसपाली जनकपुरधामको मतदाता भने केही सचेत देखिएका छन् । जनमुखी मेयरको खोजीमा छन् । तर वीरगन्जमा कस्तो ? नेता आउला भने चासोको बिषय बनेको देखिन छ ।

    जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीका श्याम साहले गत चुनावमा नगरवासी अभिभावको चयनमा चुकेको बताउँछन् । यसपाली जनता केही जागरुक र अनुभवी भएकाले योग्य उमेदवार चयन गर्ने उनको विश्लेषण छ । “पछिल्लो चुनावबाट अधिकांश अयोग्य उेमदवार निर्वाचित भएका थिए,” उनले भने, “जनतालाई धेरै कुरा थाहा पनि थिएन । तर यसपाली जनप्रतिनिधिले दिएको दुःख र काम गराउँदा हुने समस्याको अनुभव पनि छ, जनतासँग ।” सोही वस्तीका ३४ वर्षीया रिना देवी राउत छोराछोरी पढेको नीजि शैक्षिक संस्थाको शुल्क र्तिदार्तिदै दिक्क छिन् । उनले शिक्षामा सुधार गर्ने मेयरलाई मतदान गर्ने बताउँछिन् ।

    जनकपुरधाम उपमहानगरपालिका पुलचोकस्थित मुसहर वस्तीका मतदाता पनि सचेत देखिएका छन् । उनीहरू यसपाली पैसा दिनेभन्दा गरिबको सुख दुःखमा साथ दिने नेता खोजिरहेका छन् ।

    नेताहरूले एक दिन पैसा दिएर पाँच वर्ष पैसा असुल्ने गरेको ४४ वर्षीया घुरनी देवीले आरोप लगाइन् । “नेताहरू घरदैलोमा आउँदा एकदिन पैसा दिन्छन् । पछि जनताले काम लिएर जाँदा विभिन्न बहाना बनाएर पैसा असुल्छन्,” उनले भनिन्, “यसपाली विकास गर्ने, घर बनाइदिने र हाम्रो छोराछोरी पढाउने व्यक्तिलाई भोट दिन्छु ।” उनले नेताहरूले मत जित्न अनेकन आश्वासन बाँडेको बताएपनि आश्वासनको मुद्दा र उमेदवारको बारेमा खुलाउन चाहिनन् ।

    जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरकी भिखारी देवीले पनि मत जित्नेलाई नभइ मन जित्ने उमेदवारलाई जिताउने बताउँछिन् । गएको साउनमा हवाहुरीले उनको घर उडाएपनि उनले राहत नपाएको दुखेसो पोखिन् । “पटक पटक वडाध्यक्षलाई ध्यानाकर्षण गरायौँ । घरमा आएर लेखेर पनि जानुभयो । तर खोइ मैले केही पाइन,” उनले भनिन्, “अझै भत्किएको घरमै बसिरहेको छु ।” दैनिक मजदुरी गरेर बनाएको घर भत्किएपछि पैसा अभावमा घर बनाउन नसकेको उनले बताइन् । करिब तीन लाखको समान घर भत्केर नष्ट भएको थियो ।

    कसको नेतृत्वा आउला ?

    जनकपुरधाममा एक सय २७ पदको लागि एक हजार ८२ जनाले उमेदवारी दिएका छन् । मेयरमा ३९ र उपमेयर २७ जना प्रतिस्पर्धामा छन् । २५ वडाको अध्यक्षको लागि तीन सय २३ जना र एक सय वडासदस्यको लागि ६ सय ८९ जना उमेदवारी दिएका छन् ।

    पार्टीभित्र अकांक्षी धेरै भएपछि व्यवस्थापन हुन नसक्दा दलभन्दा बढी स्वतन्त्र उमेदवारी परेको छ । यस्तो अवस्थामा जनकपुरधामले कस्तो नेतृत्व पाउला भनी आकलन गर्न कठिन छ ।

    यद्यपि, गत चुनावी प्रतिस्पर्धालाई हेर्ने हो भने जनकपुरधाममा मेयर/उपमेयरसहित १२ वडाध्यक्ष जितेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) विलीन भइसकेको छ । पुर्व राजपाका नेताहरू अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरी चुनावी मैदानमा छन् ।

    लोसपाका केही नेताहरू तीन टुक्रामा विभाजित भएका छन् । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाबाट नगरप्रमुखमा निर्वाचित लालकिशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन् । ०७४ को निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साहभन्दा दोब्बर बढी मतले विजय भएका थिए ।

    साह नहुँदा लोसपालाई असर गर्ने नेताहरूको विश्लेषण छ । जनकपुरका केही परिचित अनुहारहरू पनि लोसपाबाट अलग्गिएर तमलोपा गठन गरि चुनावी प्रतिस्पर्धामा छन् । यो अवस्थामा लोसपा निकै कमजोर रहेको धेरैको बुझाइ छ ।

    सत्तारुढ दलले गठबन्धन गरेर उमेदवार उठाएपनि जनकपुरमा त्यसको पालना नहुने आशंका गरिएको छ । जनकपुरको मेयर जसपालाई दिने निर्णय भएपछि नेपाली काँग्रेसका नगर सभापति मनोज साह पार्टी त्याग गरी स्वतन्त्र उमेदवारी दिएका छन् । सत्तागठबन्धनबाट उमेदवारी दिएका लालकिसोर साहको कार्यकाल धेरै आलोचित र विवादै विवादामा बितेको अवस्थामा बागी उमेदवार साहले काँग्रेसीको साथ पाउने सम्भावना बढी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑