• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय तहका उम्मेदवारले पाए चुनाव चिह्न

  • वीरगंज संजाल
  • १८ बैशाख २०७९, आईतवार ०८:५८
  • ३१५७

    वीरगंज । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गरेको छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई साँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गरिएको हो । राष्ट्रिय मान्यता पाएका ६ वटा दलसँगै राष्ट्रिय मान्यता नपाएका दललाई पनि चिह्न दिइएको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–२६ मा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका पार्टीले पनि आफ्नै चिह्न पाएका छन् ।

    २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलले निर्वाचन कार्यालयमा पेस गरेको जिल्लागत संगठन संरचनाको आधारमा चिह्न दिइएको आयोगले जनाएको छ । यसमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत २३ दलले आफ्नै चिह्न पाएका छन् ।

    त्यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाललगायत ४० दलले पनि आफ्नै चिह्न पाएका छन् । ती दलका चुनाव चिह्न पहिल्यै तय भए पनि स्वतन्त्र उम्मेदवारले भने आफूले चाहेको चिह्न नभई ४० प्रकारका चिह्नमध्येबाट चुनाव चिह्न पाएका छन् ।जसमा पुतली, ब्याडमिन्टन कर्क, खरायो, भुइँकटहर, हाँस, आँप, गुलाबको फूल, जेब्रा, लौरो, खानेपानीको धारा, कैंची, मुढा, जेब्रा, लालटिन, सेफ्टी पिन, प्रेसर कुकर, चील, काग, चुलेसी, भ्यागुता, खसीको टाउकोलगायत छन् ।निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिह्न पाएका छन् । उहाँलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले सो निर्वाचन चिह्न प्रदान गरेको हो ।भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलका क्रममा नेकपा (माओवादी केन्द्र) लाई परेपछि उहाँ असन्तुष्ट हुँदै बागी उम्मेदवार बन्नुभएको हो ।

    यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । चर्चित -यापर बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो चिह्न प्रदान गरेको हो । अभियन्ता सुमन साय्मीले आँखी झ्याल चुनाव चिह्न पाउनुभएको छ ।ललितपुर महानगरपालिकाको लागि उपमेयरका स्वतन्त्र उम्मेदवार अजरमान जोशीले खरायो चिह्न पाउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका जोशीलाई निर्वाचन कार्यालय ललितपुरले सो चिह्न प्रदान गरेको हो ।

    धनगढी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाउनुभएको छ । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाउनुभएको छ ।व्यास नगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार चुनाव चिह्न ‘कैंची’ प्रदान गरेको छ । नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुनुहुन्छ ।

    यसैबीच, स्थानीय तह निर्वाचनमा करिब १ लाख ५३ हजार उम्मेदवारी परेकोमा झन्डै ८ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑