• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आचारसंहिता उल्लंघन : कांग्रेस नेता कोइराला लगायतलाई निर्वाचन आयोगले सचेत गरायो

  • वीरगंज संजाल
  • १८ बैशाख २०७९, आईतवार ०८:१५
  • २६२९

    वीरगंज । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले उनीहरुलाई सचेत गराएको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको तर केही साताअघि कांग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको हो ।

    ‘जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौति दिने गरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय होइन,’ आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन ।’ आयोगले उनलाई आचारसंहितामाथि अनास्था पैदा हुने अभिव्यक्ति नदिन सचेत गराउँदै त्यसको जानकारी नेपाली कांग्रेसलाई पनि पठाउने निर्णय गरेको छ ।

    गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराएको छ । उनले पनि निर्वाचन खर्चका वारेमा प्रतिक्रिया दिएका थिए । ‘उम्मेदवार भई निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन’ आयोगले निर्णयमा भनेको छ, ‘निर्वाचन खर्चको अभिलेख अनुसारको रकम र हाल व्यक्त गर्नुभएका अभिव्यक्ति एक आपसमा फरक भएको देखिन्छ । अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने ।’

    दलहरुलाई समेत आयोगले सचेत गरायो

    निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै एकीकृत समाजवादीलाई पनि सचेत गराएको छ । उसले २६ चैत २०७८ मा भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता विपरीत दलको झण्डा र बालबालिकाको प्रयोग गरेको आयोगको निष्कर्ष छ । साथै कुलमान घिसिङको फोटो राखी चुनावी प्रचार सामग्री बनाएको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि सचेत गराउने निर्णय गरेको छ । २७ चैत २०७८ मा मकवानपुरको हेटौंडामा गरेको कार्यक्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले राप्रपालाई पनि सचेत गराएको छ । राप्रपामाथि पनि आचारसंहिता विरुद्ध झण्डा र बालबालिकाको प्रयोगको आरोप थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑