अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
जग्गासम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग ५ लाख लिइसकेको अवस्थामा उनलाई आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो।
उनलाई ५ लाख घुस लिइसकेको अवस्थामा गत चैत २८ गते नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि हुन आएकोले सोही रकम बिगो माग्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।