• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आइपिएल पर्पल क्याप दौडमा रहेका पाँच बलर

  • वीरगंज संजाल
  • १४ बैशाख २०७९, बुधबार १३:३९
  • २८५७

    भारतमा अहिले १५ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) चलिरहेको छ । विश्वकै चर्चित फ्रेन्चाइज लिग आएपिएलको जारी सिजनमा ३९ खेल सकिसकेका छन्
    यो अवस्थासम्म बलिङमा स्पिनरको दबदबा छ । ३९ म्याचको समाप्तिमा पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने बलरको शीर्ष पाँचमध्ये तीन स्पिनर रहेका छन् ।
    य हुन् ३९ म्याच सकिँदा सर्वाधिक विकेट लिने पाँच बलर
    युजवेन्द्र चहल (राजस्थान रोयल्स)

    जारी सिजनमा राजस्थान शानदार लयमा देखिएको छ । टोलीको जितमा अनुभवी स्पिनर युजवेन्द्र चहलले महत्वपूर्ण योगदान दिइरहेका छन् ।
    उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि शीर्ष स्थानमा छन् । चहलले आठ म्याच खेल्दा १८ विकेट हात पारिसकेका छन् । १२.६१ औसत र ७.०९ को इकोनोमी रहेका उनले हालसम्म ३२ ओभर बलिङ गर्दा २२७ रन खर्चिएका छन् ।
    ४० रन दिएर ५ विकेट लिनु चहलको उत्कृष्ट प्रदर्शन हो । समूह चरणकै ६ खेल बाँकी रहेकाले यसपालि उनले नै पर्पल क्याप जित्ने सम्भावना बलियो छ ।
    टि नटराजन (सनराइजर्स हैदराबाद)

    सुरुवाती दुई खेल गुमाए पनि पछिल्लो पाँच खेलमा जित हात पार्दै लयमा फर्किएको हैदराबादका लागि तीव्र गतिका बलर टि नटराजनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
    सात खेलमा १५ विकेट हात पार्दै पर्पल क्याप दौडको दोस्रो स्थानमा रहेका नटराजनको औसत १४.५३ र इकोनोमी ८.०७ छ । हालसम्म २७ ओभर बलिङ गरेका उनले २१८ रन खर्चिएका छन् । १० रन दिएर तीन विकेट हात पार्नु नटराजनको उत्कृष्ट प्रदर्शन हो ।
    ड्वेन ब्राभो (चेन्नई सुपर किंग्स)
    चारपटकको आइपिएल विजेता चेन्नई जारी सिजनमा खराब लयमा छ । आठ खेल खेल्दा उसले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । टोलीको प्रदर्शन सम्झनलायक नरहे पनि तीव्र गतिका बलर ड्वेन ब्राभोले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

    सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका ब्राभोले आठ खेलमा १४ विकेट लिएका छन् । १८.५० को औसत तथा ८.७३ को इकोनोमी रहेका ब्राभोले हालसम्म २९.४ ओभर बलिङ गर्दा २५९ रन खर्चिएका छन् । २० रन दिएर तीन विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो ।
    वानिन्दु हसरंगा (रोयल च्यालेन्जर्स बैंग्लोर)
    जारी सिजनमा बैंग्लोरका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका स्पिनर वानिन्दु हसरंगाले ९ खेलबाट १३ विकेट हात पारेका छन् । पर्पल क्याप दौडको चौथो स्थानमा रहेका उनको औसत १८.८४ र इकोनोमी ८.१६ छ । हालसम्म ३० ओभर बलिङ गर्दा २४५ रन खर्चिएका उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर चार विकेट हात पार्नु हो ।
    कुलदीप यादव (दिल्ली क्यापिट्ल्स)

    दिल्लीले जारी सिजनका मध्यम प्रदर्शन गरिरहेको भएपनि स्पिनर कुलदीप यादव भने गज्जबको लयमा देखिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौंमा रहेका उनले सात खेलबाट १३ विकेट हात पारेका छन् ।
    उनको औसत १७.३८ र इकोनोमी ८.४७ छ । हालसम्म २६.४ ओभर बलिङ गर्दा २२६ रन खर्चिएका कुलदीपको उत्कृष्ट प्रदर्शन ३५ रन दिएर चार विकेट हात पार्नु हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑