• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसकारण उपयुक्त छैन बाइकमा डिजेल इन्जिन

  • वीरगंज संजाल
  • १३ बैशाख २०७९, मंगलवार १३:४६
  • २१८५

    सामान्यतया दुई पांग्रे सवारी साधन भन्ने बित्तिकै बाइक र स्कुटर बुझिन्छ। बाइक र स्कुटरमा पेट्रोल इन्जिन जडित हुन्छ। डिजेलको तुलनामा पेट्रोलको भाउ महंगो छ। यस्तोमा कहिलेकाहीँ डिजेलले चल्ने बाइक/स्कुटर भइदिए पनि हुन्थ्यो नि भन्ने विचार आएको छ? अथवा सामान्य ढंगमा पनि बाइक तथा स्कुटरमा किन डिजेल इन्जिन जडान गरिदैन भन्ने सोच्नुभएको छ?
    भारतीय अटो अनलाइन अटोबिजले यसैबारे एउटा लेख तयार पारेको छ, जसमा बाइक/स्कुटरमा डिजेल इन्जिन जडान नगर्नुको कारण खुलाएको छ। यी हुन् उल्लेखित कारणहरूः
    १. डिजेल इन्जिनमा कम्प्रेसन अनुपात २५:१ को आवश्यक हुन्छ, जुन पेट्रोल इन्जिनभन्दा बढी हो। उच्च कम्प्रेसन अनुपात इन्जिन ह्यान्डलिङको लागि भारी धातुको प्रयोग गर्नुपर्ने हुन्छ। पेट्रोल इन्जिनको तुलनामा डिजेल इन्जिन भारी हुन्छ र यसको आकार पनि ठूलो हुन्छ। त्यसैले, बाइकमा डिजेल इन्जिन प्रयोग गरिदैन।

    २. डिजेल इन्जिनको कम्प्रेसन अनुपात बढी हुनाले यो भारी हुन्छ। साथै, डिजेल इन्जिनको प्रारम्भिक मूल्य पेट्रोल इन्जिनभन्दा महंगो हुन्छ। त्यसैले, बाइक/स्कुटरमा डिजेल इन्जिन उपयुक्त हुँदैन।

    ३. कम्प्रेसन अनुपात बढी हुँदा इन्जिनले बढी आवज र कम्पन उत्पादन गर्छ। हलुका अथवा दुई पांग्रे सवारी साधनले उच्च कम्पन ह्यान्डल गर्न सक्दैन। त्यसैले, डिजेल इन्जिन बाइक/ स्कुटरका लागि उपयुक्त हुँदैन।

    ४. डिजेल इन्जिनले धेरै टर्क उत्पादन गर्छ तर पेट्रोल इन्जिनको तुलनामा कम आरपिएम सिर्जना गर्छ। मोटरसाइकलको लागि बढी स्पीड चाहिन्छ। त्यसैले पनि बढी आरपिएमको आवश्यक हुन्छ। यसकारण बाइक तथा स्कुटरमा पेट्रोल इन्जिन नै प्रयोग हुन्छ।

    ५. डिजेल इन्जिनले उच्च प्रेसरमा काम गर्ने भएकोले इन्जिन छिटो बिग्रने समस्या हुन्छ। यो प्रत्येक पाँच हजार किलोमिटरमा इन्धन फेर्दा हुन्छ। यो समस्या पेट्रोल इन्जिनमा भने हुँदैन। त्यसैले, बाइकमा डिजेल इन्जिन प्रयोग हुँदैन। बाइक/स्कुटरको लागि पेट्रोल इन्जिन नै उपयुक्त हुन्छ।

    ६. डिजेल इन्जिनमा कम्बसन चेम्बरमा इन्धन आपूर्ति गर्न प्रयोग गरिने फ्युल इन्जेक्टर प्रविधि स्पार्क प्लग प्रविधिभन्दा महंगो हुन्छ। त्यसैले, बाइकमा डिजेल इन्जिन प्रयोग हुँदैन किनभने पेट्रोल इन्जिनमा स्पार्क प्लग प्रविधि राख्न सहज र किफायती हुन्छ।

    ७. पेट्रोलको तुलनामा डिजेलले बढी ऊर्जा उत्पादन गर्छ। पेट्रोलको तुलनामा डिजेलमा प्रति ग्यालन ऊर्जा उच्च हुन्छ। डिजेलको प्रयोगमा साधन गुड्दा उच्च तापक्रम उत्पादन हुन्छ जसले गर्दा इन्जिनलाई चिसाउन पनि उच्च सतहको क्षेत्रफल आवश्यक हुन्छ। जुन बाइक/स्कुटरमा उपलब्ध हुँदैन। त्‍यसैले पनि डिजेल इन्जिन बाइक/स्कुटरको लागि उपयुक्त हुँदैन।

    ८. पेट्रोलको तुलनामा डिजेलले बढी प्रदूषण गर्छ। डिजेलबाट सवारी चल्दा पेट्रोलको तुलनामा प्रति ग्यालन १५ प्रतिशत बढी कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ। त्यसैले, वातावरणीय हिसाबमा पेट्रोल इन्जिन बाइकका लागि बढी उपयुक्त हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑