वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट जसपा नेपालका राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केहीबेर अघि उम्मेदवारी दर्ता गराएका हुन् ।
आफूलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको चर्चा गर्दै उनले आफूले वीरगञ्जको समग्र विकासमा ध्यान दिने बताए । उनी एमालेबाट हालै जसपा नेपालमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नुअघि उनी जसपा नेपालमा थिए । जसपा नेपाल विभाजन भएपछि उनले लोसपा रोजेका थिए । तर, वीरगञ्जको मेयरमा उम्मेदवारी पाउने आश्वासनका साथ उनी लोसपा छाडेर एमालेमा गएका थिए । एमालेले विजय सरावगीलाई पार्टीमा भित्र्याएपछि मेयरमा टिकट सुनिश्चित नदेखेर उनी जसपा नेपालमा फर्किएका हुन् ।