• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुई विदेशी नागरिकबाट १४ करोड बराबरको सेतो हेरोइन बरामद

  • वीरगंज संजाल
  • ११ बैशाख २०७९, आईतवार १६:१३
  • ३०८१

    नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सात किलो सेतो हिरोइनसहित दुई जना विदशी नागरिकलाई पक्राउ गरेको छ।
    ब्युरोले पक्राउ परेका दुई जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
    पक्राउ पर्नेमा ३५ वर्षीया जाम्बियन नागरिक कापुतुला अबिशर्ग र ३५ वर्षीय भारतीय नागरिक लालनुनपुई छन्।
    ब्युरोले उनीहरूलाई वैशाख ३ र ४ गते नै समातेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

    लागु औषध ओसारपसार गर्न नेपाललाई यसअघि पनि ट्रान्जिट बनाइएको थियो। त्यसैलाई आधार बनाएर फेरि पनि तस्करी गर्ने समूहले नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्‍याउन सक्ने प्रहरीको आशंका थियो।
    त्यसक्रममा प्रहरीले एक महिला दक्षिण अफ्रिकाबाट नेपाल आउन लागेको थाहा पाएका थिए।

    ‘पहिले पनि त्यसरी नै ल्याएको हुँदा हामीले निगरानी गरिरहेका थियौं,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने।
    त्यसक्रममा वैशाख ३ गते बिहान ९:४२ बजे कतार एयरवेजमा दक्षिण अफ्रिकाको जोहानेशबर्गबाट दोहा हुँदै काठमाडौं आइपुगिन् जाम्बियन नागरिक अबिशर्ग।
    प्रहरीले सुरूदेखि नै शंका गरिरहेको हुँदा उनको सुटकेशमा जाँच गर्‍यो।

    ‘सुटकेशको भित्र र दुई वटा ह्यान्ड ब्यागमा लुकाएर ल्याएको अवस्थामा पायौं सेतो हेरोइन पायौं,’ श्रेष्ठले भने,‘नेपाललाई ट्रान्जिट बनाएर यसरी ल्याएको यो अहिलेसम्मकै सबैभन्दा धेरै मात्रा हो।’
    ती महिलाबाट प्रहरीले सात किलो सेतो हिरोइन बरामद गरेको हो। जुन १४ करोड बराबरको भएको उनले बताए।

    ती जाम्बियन महिलालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
    त्यसक्रममा सो सुटकेश लिन दिल्लीबाट अर्कै व्यक्ति आउँदै गरेको खुल्यो।
    जाम्बियन महिला पक्राउ परेको भोलिपल्टै भारतबाट लालनुनपुई आएका थिए। उनी आइसकेको थाहा पाएपछि प्रहरीले काठमाडौं महानगरपालिका-२को लाजिम्पाटस्थित एक होटलबाट नियन्त्रणमा लिएको थियो।

    प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार भारतीय महिला लालनुनपुई यसअघि पनि लागु औषध तस्करीमा संलग्न थिए।
    तर जाम्बियन नागरिक अबिशर्ग भने पहिलो पटक यस काममा संलग्न भएकी हुन्।
    भारतीय महिलाको ट्राभल हिस्ट्री पनि थुप्रै रहेको ब्युरोले जनाएको छ। उनी भारतको एक होटलमा काम गर्थिन्।

    यता जाम्बियन नागरिक अबिशर्ग भने स्नातक पढ्दै गरेकी विद्यार्थी हुन्।
    प्रहरीलाई ती महिलाले आफ्नो झोलामा लागु औषध भएको बारे थाहा नभएको बताएकी छन्। तर प्रहरीले भने यसबारे उनी जानकार नै भएको बताएकी छन्।
    उनलाई नेपालमा आफ्ना प्रेमीले पठाएका थिए। प्रेमीकै भनाई अनुसार उनी नेपाल आइपुगेको बताएकी छन्।

    यस्तै प्रेमी भने केही दिन पछि मात्रै नेपाल आउने र घुम्ने योजना बनाएको प्रहरीले जनाएको छ।
    उनीहरू दुई वर्षदेखि प्रेममा रहेको प्रहरीलाई बताएकी छन्।
    नेपाल आएर उनीहरू मे २ तारिकमा मात्रै फर्किने टिकट रहेको ब्युरोले जनाएको छ।
    ‘आफ्ना प्रेमीले भने अनुसार नै सुटकेश कसलाई दिनेदेखि कहाँ जाने सबै भनिएको छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘उनलाई आफ्नो झोलामा लागुऔषध छ भन्ने कुरा थाहा नहुने कुरा नै हुन्न।’
    प्रहरीले यसमा थप अनुसन्धान अघि बढाएको छ।
    उनीहरूमाथि प्रहरीले लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सेतो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑