• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘कम्युनिस्ट सरकारको शासन : महामारीमा समेत कमिशन र भ्रष्टाचार’

  • वीरगंज संजाल
  • ११ बैशाख २०७९, आईतवार १५:५५
  • ३६५७

    काठमाडौं– नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा अघिल्लो प्रतिनिधि सभा निर्वाचनबाट बहुमतसहित सरकारमा आएको नेकपा सरकार सबैभन्दा धेरै भ्रष्ट भएको आरोप लगाएको छ। पार्टी कार्यालय सानेपामा आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा कम्युनिस्ट सरकार महामारीमा समेत कमिशन र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइएको छ।

    ‘भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी तयारी तथा मेडिकल सामग्री खरिदको भ्रष्टाचार र कमिशन प्रकरण हो’, घोषणापत्रमा भनिएको छ, ‘कोभिड महामारी सुरू भएपछि महामारी नियन्त्रण गरी जनताको जीवन रक्षा गर्नु सरकारको अनिवार्य प्राथमिक दायित्व र कर्तव्य थियो। तर, महामारी नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आएको थियो।’

    कोरोना महामारीको पहिलो लहर सुरू हुँदा सरकार गम्भीर र संवेदनशील नभएको मात्रै होइन, उखानटुक्का र नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमताको अवैज्ञानिक दाबी प्रस्तुत गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको कांग्रेसले आरोप लगाएको छ।

    ‘राजनीतिक , धार्मिक कार्यक्रम र र्‍याली आयोजना गरेर समाजमा कोभिड संक्रमण गराउने प्रमुख स्रोत सरकार र नेकपा भएको थियो’, घोषणापत्रमा भनिएको छ, ‘नेकपाको सरकारले कोभिडका नाममा लकडाउन र निषेधाज्ञा घोषणा गर्ने तथा मृतक र संक्रमितको तथ्यांक सार्वजनिक गर्ने बाहेक केही पनि गरेन। जनस्वास्थ्यप्रति यो हदसम्मको अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा शायद कहिल्यै थिएन।’

    त्यस्तो मानवीय संकटको घडीमा समेत मेडिकल सामग्री खरिदसम्बन्धी भ्रष्टाचार प्रकरण सप्रमाण सार्वजनिक भएपछि सरकारको वास्तविक अनुहार त्यतिबेलै पर्दाफास भएको घोषणपत्रमा उल्लेख छ। नेपालको प्रचलित सार्वजनिक खरिद प्रक्रियासम्बन्धी कानुनअनुरूप आह्वान गरिएको बोलपत्र कोरोना रोकथाम तथा नियन्त्रण तत्कालीन उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्रीको निर्देशनमा अन्तिम घडीमा रद्द गरिएको भन्दै कांग्रेसले कमिशनका आधारमा बिनाप्रतिस्पर्धा हतारहतारमा विवादित ओम्नी कम्पनीसँग बजार मूल्यभन्दा अस्वाभाविक रूपमा महँगोमा खरिद गर्ने निर्णय मन्त्रिपरिषदले गरेको आरोप लगाएको छ।

    ‘ओम्नीले गुणस्तरीय सामान ल्याउन त सकेन नै, समयमा आपूर्ति गर्न पनि सकेन। त्यसैले स्वास्थ्य मन्त्रालयले सम्झौता रद्द मात्रै गरेन, ओम्नीलाई कालो सूचीमा समेत राखेको थियो’, घोषणापत्रमा भनिएको छ ‘जतिबेला सिंहदरबारको वातानुकूलित कक्षमा मन्त्रीहरूले कमिशन एजेन्ट र विचौलियाहरूसँग साँठगाँठ गरिरहेका थिए, त्यतिबेला उपचार र अक्सिजन नपाएर नागरिकहरूले तड्पीतड्पी प्राण त्याग गरिरहेका थिए। जनताको स्वास्थ्यमाथि खेलवाड गरेको योभन्दा हृदयविदारक घटना अरू के हुनसक्छ?’
    ‘चार्टर्ड फ्लाइट’गर्दा समेत सरकार भ्रष्टाचार र कमिशनको आहालमा चुर्लुम्म डुबेको कांग्रेसको आरोप छ।

    ‘योभन्दा भ्रष्टाचार र कमिशनको पराकाष्ठा के हुनसक्छ ? कोभिड महामारीको कारणले करिब लाखौं संक्रमित र हजारौंभन्दा बढी नेपाली नागरिकको मृत्यु भइसकेको मानवीय संकटको घडीमा समेत जनताको स्वास्थ्यमा खेलवाड गरी कमिशनको खेलमा चुर्लुम्म डुबेर नेकपाको सरकारले भ्रष्टाचारको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ’, घोषणापत्रमा भनिएको छ, ‘यदि नेकपाको सरकार गम्भीर र संवेदनशील भएको भए तथा समयमै उपयुक्त नीति अख्तियार गरेको भए कोभिड महामारीको कारणले यति ठूलो संख्यामा मानवीय क्षति हुने थिएन।’

    कोभिड महामारीको कारणले जति पनि मानवीय क्षति भयो, त्यसका लागि नेकपाको सरकार र प्रधानमन्त्री ओली प्रमुखरूपमा जिम्मेवार भएको कांग्रेसको आरोप छ।
    ‘यो केवल भ्रष्टाचार मात्रै होइन, मानवीय अपराध समेत हो। त्यसैले नेकपाको सरकार भ्रष्टाचार, अनियमितता, कमिशन र कुशासनको पर्याय भएको थियो’, घोषणापत्रमा भनिएको छऽ ‘मेडिकल सामग्री खरिद प्रक्रियामा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको स्मरण गराउन चाहान्छौं।’
    कांग्रेसले उक्त समयमा सचिवालयमा पार्टीभित्रबाटै पेस भएको १९ बुँदे आरोपले नै यो पुष्टि गरेको दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑